logo
  • शनिबार, साउन ३० २०८३

मोना कतारले भलिबल खेलाडी पुनलाई विदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल, दोहा ।
“प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) एक सामाजिक सस्था हो । यस अन्तर्गत साँस्कृतिक र खेलकुद बिभाग रहेका छन । म्याग्दी जिल्ला मालिका गाउ पालिका १ निस्कोट निबासी रोहित पुन कतार बसाइलाई बिट मार्दै स्वदेश फर्कन लाग्नु भएको घडीमा मोना कतारले उहाको सम्मानार्थ एक बिदाइ कार्यक्रमको आयोजना गरि खादा तथा सम्मान पत्रले सम्मान गरि बिदाइ गरेको छ । गत सुक्रबार कतारको मुन्तजा पार्कमा आयोजित कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा खेलकुद बिभाग तथा मोना कतारका केन्द्रिय समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै खेलकुद सयोजक आकास रसाइलीले पुन अत्यन्त मेहनती र उत्कृस्ट खेलाडी रहेको बताउनु भएको थियो। निस्कोटमा जन्मिएर कतारलाइ कर्म भुमि बनाइरहदा उहाले यस सस्थालाई खेल मार्फत गरेको योगदान सधै जिबन्त रहने र आफुले एक कुसल खेलाडीलाइ दोहामा गुमाउनु पर्दा पिडा बोध भएको भन्दै पुनको बाकि जिबन सहज र सुखमय बितोस भन्दै भाबुक मुद्रामा सुभकामना प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले खेलाडी भाइको जिबनमा सधै खुसि र सफलता मिलोस भन्ने कामना गर्दै कतारबाट फर्के पछी पनि म्याग्दीमा मोना कतारको नामलाइ गर्बका साथ लिएर खेल कौसलता प्रस्तुत गर्न आग्रह गर्दै आफनो खेल कौसल मार्फत मोना कतारलाई गर्नु भएको योगदानको लागि हार्दिक धन्यबाद दिनु भएको थियो । कार्यक्रमलाइ सस्थाका महासचिब राजु पौडेलले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend