साझा नेटवर्क
ओम प्रकाश बानियाँ ।
गायिका इन्दु बानियाँले “राम कसम चटटै” बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा युटुव मार्फत सो गीत बजारमा सार्वजनिक भएको हो ।
मनोजराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गरिएको गायिका इन्दुले बताइन ।
अजय रेग्मीको छायांकन, रमित ओलीको सम्पादन रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend