साझा नेटवर्क
यमलाल बेलबासे, बहराइन ।
नेपाली क्लब बहराईनले इद अल फित्र उपलक्ष्यमा इदको पहिलो दिन डेलमन इन्टरनेसनल होटलमा भब्य संगीतिक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाल देखि राष्ट्रिय स्तरका ख्यातिप्राप्त चर्चित कलाकार ल्याई बहराइनमा कार्यरत सम्पुर्ण नेपालीहरुलाई भब्य मनोरञ्जन दिनुका साथै सुभकामना आदान प्रदानको कार्यक्रम रहेको छ ।

बहराइनमा कार्यरत नेपालीहरु सबैको साझा संस्था यस नेपाली क्लब बहराइनले आयोजन गरेको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु चर्चित लोकदोहोरी गायक राजन कार्की,चर्चित नायिका रजनी गुरुङ चर्चित गायिका मेलिना राई र चर्चित पप गायक अनिल सिंह आउने भयका छन् । बहराइनमा कार्यरत नेपालीहरुको साझा चौतारीको रुपमा रही बिगत १५ वर्ष देखि हरेक नेपालीहरुको दु:ख सुखमा सहयात्री बन्दै आएको छ ।
यस क्लबले मनोरञ्जन सहित पुन बहराइन बासि नेपालीहरुलाई भैपरि आउने विभिन्न समस्यहरुको निराकरणका लागी साथै यस क्लबको आर्थिक स्तर उन्नति गरी नेपालीहरु माझ बचाईराख्न सकौं भने उदेश्यले सो कार्यक्रम गर्न लागेको अध्यक्ष कमल श्रेष्ठले जानकारी दिनु भएको छ । नेपालीहरुको पिर-मर्का र समस्याहरुमा सहयोग गर्न सकियोस् भन्ने उदेश्यले पुन: एकजुट भएर यस कार्यक्रमलाई भब्यताको साथ सफल परिदिनुहुन सम्पूर्ण संघ, संस्था र संगठन एंव नेपालीहरुलाई क्लबले अपिल गर्नुभएको छ ।
कार्यक्रममा धुमुससुन्तली फाउन्डेसनको सहयोगार्थ लागि डोनेशन बाकस समेत राखिने र VIP पाहुना, सपरिवार हेर्न जानेहरुको लागि भिआइपी सिट तोकेर नामावली सहित राखिनुका साथै दर्शकहरुको सुरक्षा र मन्च ब्यबस्थापन पनि विशेष हुने जानकारी अध्यक्ष कमल श्रेष्ठले दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend