logo
  • शनिबार, साउन ३० २०८३

नेपाल मगर संघ कतारको एरिया समिति भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिजय कुमार मगर, कतार आषाढ ५।
मिति १७ जुन २०१६ शुक्रबार नेपाल मगर संघ, शाखा कतार सनैया “ए” एरिया समितिको पाँचौ भेला सनैया “ए“ एरिया समितिका अध्यक्ष मिन बहादुर थापा मगरको सभापतित्वता मा र नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर को प्रमुख आतिथ्यमा सनैया “ए” एरिया समितिका सचिव रेशम आले मगर को संचालनमा सनैया १८ नं लेफ्टमा सम्पन्न भयो ।
ffff
उक्त एरिया भेलामा नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर ब.रोका मगर, संगठनिक सचिव विवेक पुलामी मगर, सह कोषाध्यक्ष केशव घर्ती मगर, केन्द्रिय सदस्य अभिमत पुन मगर, सनैया “बि“ एरिया समितिका अध्यक्ष धन ब.सारु मगर र सनैया ए एरिया समितिका पदाधिकारीहरु र अन्य मगरहरुको उपस्तिथि रहेका थिए ।

भेलामा बक्ताहरुले बोल्दै बक्ताहरुले संघ, संस्था र संगठन के हो, यस को महत्व, नेपाल देखि कतार तथा अन्य प्रवासमा स्थापित भएको मगर संघहरुको भुमिका, यसको दायित्वको वारेमा जानकारी दिंदै सनैया “ ए“ एरिया समितिको पाँचौ भेलाको सफलताको शुभकामना दिनुभएको थियो भने सनैया “ए “ एरिया समितिका सचिव रेशम आले मगर बाट समिति को संगठानिक प्रतिबेदन र कोषाध्यक्ष कृष्ण ब.सोराली मगरबाट आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपस्तिथ सम्पुर्ण सदस्यले सामान्य संशोधन गरी उक्त संगठनिक र आर्थिक प्रतिबेदनलाई ताली मारेर पारित गरिएको थियो ।

यस प्रतिवेदनलाई आगामी जुलाई १ २०१६ मा हुन गैरहेको केन्द्रिय समितिको पांचौं राष्ट्रिय मगर भेलामा अनुमोदनका लागी प्रस्तुत गरिने भएको छ । नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले बोल्नु हुँदै नेपाल मगर संघ, शाखा कतारले गर्दै आएका कामहरु र संस्थाले भाबी दिनमा गर्ने कार्ययोजना बारेमा जानकारी गराउनु भयो र साथै सम्पुर्ण मगरहरु को एकता अहिलेको आवश्यकता रहेको जानकारी दिनु भयो अन्त्यमा बोल्नु हुँदै सभापति सनैया “ए“ एरिया समितिका अध्यक्ष मिन ब. थापा मगरले उपस्थित सम्पुर्णलाई धन्यवाद दिनुहुदै सनैया “ए“ एरिया समितिले आउदो दिनहरुमा केन्द्र संग हातमा हात मिलाइ अघि बढदै जाने प्रतिबद्ध गर्दै कार्यक्रम लाई समापन गर्नु भयो ।

दोहा एरिया समितिको छैठौं भेला सम्पन्न
मिति १७ जुन २०१६ शुक्रबार नेपाल मगर संघ, शाखा कतार दोहा एरिया समितिको छैठौं भेला दोहा एरिया समितिका का.वा. अध्यक्ष बुद्धिमान थापा मगरको सभापतित्वता मा र नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर को प्रमुख आतिथ्यमा दोहा एरिया समितिका सह सचिव यम ब. काउचा मगरको संचालनमा दोहाको मुनताजा पार्कमा सम्पन्न भयो ।

उक्त एरिया भेलामा नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका महासचिव विजय मगर, सचिव रविन मगर, संगठन सचिव विवेक पुलामी मगर,नेपाल प्रवासी मगर वचत कोषका अध्यक्ष केशव राना मगर, केन्द्रिय सदस्य अभिमत पुन मगर, महिला विभागका संयोजक ईसोरा थापा मगर र दोहा एरिया समितिका पदाधिकारीहरु र अन्य कलाकारहरु तथा महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

दोहा एरिया समितिका सहसचिव यम ब. काउचा मगरबाट समिति को संगठानिक प्रतिबेदन र कोषाध्यक्ष अशोक आले मगरबाट आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपस्तिथ सम्पुर्ण सदस्यले सामान्य संशोधन गरी उक्त संगठनिक र आर्थिक प्रतिबेदनलाई ताली मारेर पारित गरिएको थियो । यस प्रतिवेदनलाई आगामी जुलाई १ २०१६ मा हुन गैरहेको केन्द्रिय समितिको पांचौं राष्ट्रिय मगर भेलामा अनुमोदनका लागी प्रस्तुत गरिने भएको छ ।

कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त कार्यक्रममा मन्तब्यको क्रममा बक्ताहरुले मगर र मगर संघको बारेमा चर्चा गर्नुहुँदै साहनिया एरिया समिती शुरुवात देखी नै रचनात्मककार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझउत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी का प्रथम उपाध्यक्ष शेर ब. रोका मगरले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था, मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाडौंबाट बैदेशिक शाखाको मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिनुभएको थियो । सभापतिले भेलामा उपस्थित संपुर्णलाई हार्दिक धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend