logo
  • शनिबार, साउन ३० २०८३

चन्द्र शर्मा र सुमी घिमिरेको “आउ सानु पिरती लाउन” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बार्सिलोना ।
माघे सक्रान्तिको अवसर पारि स्पेनको बार्सिलोना निवासी लोक तथा दोहोरी गायिका सुमी घिमिरे सापकोटाको झ्याउरे गीत “आउ सानु पिरती लाउन” सार्वजनिक भएको छ । म्याग्दी स्थाई घर भएकी गायिका सापकोटा बिगत लामो समय देखि प्रवासी जीवन यापन गरिरहँदा पनि लोक तथा दोहोरि गित संगीतलाई पनि उत्तिकै प्राथमकितामा राख्दै सो क्षेत्रमा सक्रिय भूमिका निभाउदै आएकी छन । आउ सानु पिरती लाउन हिजो अर्थात् सोमबार म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।विशेष प्रत्यक्ष दोहोरि गायन क्षेत्रमा पोख्त रहेकी सापकोटा यूरोप स्तरीय कार्यक्रमहरुमा बाक्लो उपस्थिति जनाउने कलाकार मध्यमा पर्दछिन। प्रतक्षे दोहोरि गायन क्षेत्रमा आफ्नो छुटै छवी बनाउन सफल गायिका सापकोटा बिभिन्न कारण हरुले प्रवासी जीवन यापन गर्दै गर्दा पनि राष्ट्र र राष्ट्र सँग जोडीयका सस्कृति लाई उजागर गर्न हेतु पनि यो क्षेत्रमा आँफु सक्रिय रहेको बताउछिन ।

नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान यूरोप साखा कि वर्तमान अध्यक्ष समेत रहेकी उनि नेपालमा बसोवास गर्दै गर्दा पनि बिभिन्न दोहोरी प्रतियोगिताहरुमा भाग लिदै थुप्रै पटक बिजेता बनेकी थिईन। बिस्तारै हाम्रा लोक संस्कृतिहरु लोप हुदै गएको प्रति चिन्ता ब्यक्त गर्दै समय मिलेसम्म यो क्षेत्रमा बिशेष भूमिका निभाइरहने उनि बताउछिन ।

कस्तुप पन्तको लय तथा शब्द संकलन रहेको “आउ सानु पिरती लाउन ” भन्ने बोलको गितमा लोक तथा दोहोरी गायक चन्द्र शर्मा र गायिका सापकोटाको आवाज रहेको छ भने म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो । सो गितको भिडियो भने शंकर बिसीले निर्देशन गरेका हुन ।

नेपाल लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहेका गायक शर्मा र सापकोटाको जोडीलाई दर्शक र स्रोताहरुले कत्तिको न्याय गर्लान त्यो भने हेर्न बाँकी नै छ, तर पनि गितमा समावेस गरिएका सरल शब्द र निकै मिठो धुन र प्रस्तुति रहेकोले द्वय शर्मा र सापकोटा दर्शक र स्रोताहरुको मन जित्नेमा बिस्वस्त रहेको बताउछन ।

हेरौ गीतको भिडियो ।


प्रकाशित मिति : २ माघ २०७४

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend