साझा नेटवर्क
अनिल खत्री, गुल्मी आषाढ ५ ।
केहि महिना अघि आगोलागीबाट गाउँ नै सखाप भएको गुल्मीको वडागाउँको आगोलागी पिडितहरुको यथार्थ घटना प्रति सुमधुर स्वरका धनी लोकप्रिय गायक रामचन्द्र चन्दले एक लोक गित सार्बजनिक गरेका छन् ।

दैबिक विपत्तिले नित्याएको दुखद घटना प्रति गायक चन्दले सबैको दुखमा मलम लगाउने भन्दै “खरानी” एल्वमको लोक गित सार्वजनिक गरेको बताए । आगोलागीबाट वडागाउँका माझगाउँ र दजाकोटमा धेरै दर्दनाक अबस्था सिर्जित भएको अबस्था प्रति आफुले मन थाम्न नसकी लोक गित मार्फत सुखदुख साटेको चन्दले बताए ।
आफु त्यहाँ पुग्दा अग्नी पिडितहरु निकै दुख कष्ट पुर्ण अबस्थामा रोही रहेकोले आफुले पनि मन थाम्न नसकेको बताए । उनले आफनो तर्फबाट सक्दो सहयोग गरेको बताए । अग्नीपिडितहरुको सहयोगार्थ खटने सबै समाजसेवी सबै प्रति धन्यवाद दिँदै आफनो गितले पनि उक्त घटनालाई थप सहयोग गर्न मद्दत गर्ने बताए ।
गत बैशाख १८ गते स्थानिय वनबाट फैलिएको आगो वस्तीमा पुग्दा वडागाउँ र माझगाउँका ७१ भन्दा घर गोठ जलेर नष्ट भएका थिए । आगोलागीबाट आगोमा परि एक जनाएको मृत्यु भएको थियो भने दर्जनौ पशु चौपायाहरु आगोमा परि मरेका थिए ।
गायक चन्दले उक्त घटना प्रति दुख दर्साउँदै यथार्थ घटनालाई गित मार्फत सबै दर्सक श्रोता माझ ल्याएका हुन् । आगोलागीबाट भएको जन धनको क्षती प्रति पवन सेञ्चुरीको शब्द र गायक चन्दको लयमा बजारमा आएको गितमा रामचन्द्र चन्दकै सुमधुर स्वरले सजिएको छ ।
गित बिशाल फिल्मस प्रालिले बजारमा ल्याएको छ । गितमा सबै क्षेत्रबाट भएका राहत र पुस्थापनाका कामहरुबारे पनि उल्लेख गरिएको छ । गितको म्युजिक भिडियोमा वडागाउँकै यथार्थ घटनालाई भिडियोमा समाबेस गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend