logo
  • शनिबार, साउन ३० २०८३

गायिका देखि नायिका सम्म रिजाल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बाबुराम सिक्देल, आषाढ ०५।
चर्चित गायिका जुनु रिजाल आफ्नो संगितक यात्रा गायन देखी चलचित्र सम्म फड्को मारेकी छन् । दर्जनौं एल्बममा मिठा आवाज दिएर चर्चित बनेकी गायिका रिजाल यति बेला नेपाली चलचित्र चर्खामा चर्चित अनी स्टार नायक दिलीप रायमाझी सँग मुख्य भूमिकामा देखिने भएकी छन् ।
13388882_1295310537163638_1375046143_oगायिका जुनु रिजाल एक कुशल चर्चित गायक रामचन्द्र काफ्लेकी श्रीमती पनी हुन् उनको एक छोरी छन् । खोटाङमा जन्मिएकी उनी सानै उमेर देखी गितसंगीतमा रुची राख्दै राष्ट्रिय गित समेत गाएकी छन् “डाँफे झैँ नाच्ने हिमाल झैँ हाँस्ने नेपालकी छोरी हुँ म” बोलको गित जुन गित दर्शक श्रोताहरुले पनी अतिनै मन पराएको गित हो । यसरी गायन बाट फिल्ममा प्रवेश गर्ने अवसर मिल्दा उनी निक्कै खुशी उत्साहित देखिएकी छन् ।
13405245_1295310550496970_860400405_oचलचित्रको कथाहरु राम्रो मानेको र आँफुले अभिनय गर्ने रोल पनी निक्कै राम्रो उत्कृष्ट भएको त्यस्तै निर्माताले पनी फिल्म खेल्न अनुरोध गरेपछी अस्वीकार गर्न नसकेको हुँदा पहिलोपटक फिल्म खेलेको गायिका रिजालले बताएकी छन् । गोबिन्द गौतम द्वारा निर्देशित उक्त्त चलचित्रमा जुनु रिजालको साथमा नायिका रजनी के.सी र सुर्बिना कार्कीको पनी मुख्य नायिकाको भूमिका रहेको छ । भर्खर शुटिङ सकिएको सोही चलचित्र चर्खामा जुनु रिजालको जवानी देखी लिएर बुढेसकालको रोल बिशेष आमाको भूमिका रहेको बताएकी छन् ।
13389189_1294844033876955_106046078_o

संजिता फिल्म्स प्रा.लि बाट बनेको उक्त्त चलचित्रमा मुख्य नायक दिलिप रायमाझी रहेका छन् भने अन्य धेरै कलाकारहरुको अभिनयमा धमाकेदार चलचित्र भएको गायिका जुनु रिजालले जानकारी दिएकी छन् । निर्माता बालकृष्ण, सुनिल, रुपेश, सहदेव गौतम, धर्मराज बड्तौला, गणेश भेटवाल द्वारा निर्मित सोही चलचित्रमा धेरै कलाकारहरु ले समेत अभिनय गरेका छन् भने नायक दिलिप रायमाझी, निर्जन थापा, सुसान्त, संदेश त्यस्तै नायिका रजनी के.सी सुर्बिना कार्की र जुनु रिजालको मुख्य भूमिका रहेको छ ।

13407658_1294843567210335_1564762206_n

उनको पहिलोपटक चलचित्रमा भएपनी रिजालको अभिनय बाट निर्माता, निर्देशक लगायत सबै कलाकारहरु निक्कै खुशी भएको र आँफु पनी निक्कै खुशी उत्साहित देखिएकी छन् । गायनमा छुट्टै पहिचान बनाएकी जुनु रिजाल अब फेरी फिल्मी क्षत्रमा पनी अर्को नयाँ छबी दखाउँने कोसिसमा लागेकी छन् । उनले खुशी ब्यक्त्त गर्दै मैले सपनामा पनी सोंचेकी थिइन फिल्म क्षत्रमा मेरो प्रवेश हुन्छ भनेर तर न पत्याएको न चिताएको कुरा यसपटक भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend