साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ पुष ३ ।
शेर्पा समुदायहरु बीच भएका कलाकारहरुलाई एकजुट गर्ने उदेश्यले शेर्पा कलाकार संघ गठन गरिएको छ । विश्व विख्यात शेर्पा समुदायहरु अहिले राष्ट्रिय रुपमा हरेक क्षेत्र, हरेक ठाउ तथा हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउदै गएका छन । शेर्पा समुदाय हिमाल चड्नमा मात्र नभएर कला सस्कृतिमा पनि धनि छन ।
शेर्पाहरुको आफ्नै कला सस्कृति छ, आफ्नो कला सस्कृतिले मात्र नभएर हरेक क्षेत्रमा अहिले शेर्पा कलाकारहरु राष्ट्रिय रुपमा चर्चित भएका छन् । नेपाली चलचित्र देखि गित संगीत, नृत्य, हास्यबिधा हरेक क्षेत्रमा अब्बल बन्दै मुलुक भित्र मात्र नभएर बिदेशमा समेत प्रख्यात बन्दै गएका छन । समग्र शेर्पा समुदाय भित्र रहेका कलाकारहरुलाई एकजुट गर्ने उदेश्य तथा शेर्पा कलाकारहरुको हकहितको लागि अहिले शेर्पा कलाकार संघ गठन भएको छ ।
डिजे ङवाङ शेर्पाको अधक्ष्यतामा गठन भएको शेर्पा कलाकार संघमा एपी शेर्पा बरिष्ट उपाधक्ष्य, आङ कामि शेर्पा उपाधक्ष्य, ल्हमु शेर्पा उपाधक्ष्य, गायक दोर्जी लामा महासचिब, दावा के शेर्पा सचिब, जाङमु शेर्पा कोषाधक्ष्य, ओङमु शेर्पा सहकोषाधक्ष्य तथा शेर्पा कलाकार संघको प्रबक्तामा कर्मा शेर्पा रहेका छन् भने अन्य कलाकारहरु सदस्यमा समेत रहेका छन् ।
चर्चित गायक मिङमा शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट गायक ल्हाक्पा शेर्पाको प्रमुख उपस्थिति रहेको थियो भने गायक ल्हाक्पा “शेर्पा कलाकार संघ”को सल्लाहकार समेत रहेका छन् ।
विभिन्न क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदायका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा समाजसेवीहरु, विभिन्न शेर्पा संघ, सस्थाका प्रतिनिधिहरु, संचारकर्मी तथा विदेशबाट आएका शेर्पा किदुकका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
विश्वभर छरिएर रहेका शेर्पा समुदायका कलाकारहरुलाइ एकजुट गराई सम्पूर्ण कलाकारहरुको हकहितलाइ सम्बोधन गर्दै सबै शेर्पा कलाकारहरुको लागि आवाज उठाउने उदेश्यले शेर्पा कलाकार संघ गठन भएको जानकारी महासचिब गायक दोर्जी लामाले दिएका छन् ।
शेर्पा कला सस्कृतिलाइ समेत राष्ट्रिय रुपमा पहिचान दिलाउन शेर्पा कलाकार संघ लागि पर्ने र शेर्पा कलाकारहरुलाई प्रोत्साहन गर्दै शेर्पा कलाकारहरुको लागि शेर्पा कलाकार संघको भूमिका उल्लेखनीय रहने कुरा महासचिब दोर्जी लामाले गराए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend