साझा नेटवर्क
सरगम तिलक मगर, बाग्लङ ।
नेपाली गित सँगितको यो खुल्ला आकाशमा हरेक दिनजसो नयाँ नयाँ अनुहारहरुको आगमन भै रहन्छ । कतिपय गित गाउनको लागी भने कतिपय म्यूजिक भिडियो लागी तर सफलता पाउने थोरै मात्रामा रहेको हुन्छ । बिच बाटो बाटै असफलताको स्वाद चाखेर बिलायन हुनेहरु पनि धेरै हुन्छन ।
तर यसै बिचमा नेपाली गित सँगितको अभिनय क्षेत्रमा पछिल्लो समयमा एउटा राम्रो सम्भावना बोकेको अनुहारको प्रवेश भएको छ । लम्जुङ जिल्लामा जन्मेर सानैदेखी नेपाली गित सँगितलाई धेरै माया गर्ने र म्यूजिक भिडियोको पर्दामा देखीने सपना बुनेकी उनै काशी घलेको फेरी अर्को म्यूजिक भिडियो “भाले मजुर” सार्बजनिक भएको छ ।
शुष्मा म्यूजिक प्रालिको प्रस्तुतीमा चर्चित गायक तथा सर्जक हिमाल घलेको उतकृष्ट र मौलिक शब्द तथा लय सिर्जना रहको गितमा उनै हिमाल घले र मनमाया वाइबाकोे स्वरमा सजिएको भाकामा खेम गुरुङ र उनै काशी घलेको म्यूजिक भिडियोमा अभिनय रहेको छ ।
पछिल्लो समयमा नेपाली लोकदोहोरी गितको क्षेत्रमा बिभिन्न बिकृती र छाडा खालको भिडियोहरु आईरहदा म्यूजिक नेपालको युट्युव च्यानल मार्फत सार्बजनिक भएको यो निकै नै नेपाली मौलिक्ता झल्कने खालको परिबेशमा बनाइएको म्यूजिक भिडियोमा लबसन गुरुङको निर्देशनमा रहेको म्यूजिक भिडयोमा नबिन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको छायाकन रहेको छ ।
सञ्चारकर्मी तिलक मगर सङ्गको एक विशेष कुराकानीमा मोडल काशी घलेले यो क्षेत्रमा निकै दुख र सङ्घर्ष गरेर आएको छु, भोलीको दिनमा पनि यही क्षेत्रमा लगातार लागी रहने कुरा बताएकी छिन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend