logo
  • शनिबार, साउन ३० २०८३

भारतीय चर्चित अभिनेता शशी कपुरको निधन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, मंसिर १८ ।
भारतीय चलचित्र अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत कपुरको सोमबार निधन भएको हो ।

शशी कपुरले १६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा अभिनय गरेका छन् । उनको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो । उनले नाटकबाट कलाकारिता सुरु गरेका थिए । सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ उनले अभिनय सुरु गरेका थिए ।

सन् १९६०/७० को दशकमा भारतीय फिल्मी उद्योगमा तहल्का मच्चाएका कपुरले अभिनय गरेको जब-जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर लगायतका चलचित्र निक्कै मन पराइएका थिए ।

सन् १९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि एक्लो जीवन बिताइरहेका कपुरलाई सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको टियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend