logo
  • शनिबार, साउन ३० २०८३

नेपालमै पहिलो पटक रेडियो कार्यक्रमको फेसबुक लाईभ सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, जेष्ठ ३ ।
पछिल्लो २ महीना देखि रेडियो कान्तिपुरमा संचालित दिनेश डिसीकाे घुम्ने मेच नामक टक शो को क्रेज बढ्दै गईरहेको बेला डिसीले उक्त कार्यक्रम फेसबुक मार्फत प्रत्यक्ष प्रसारण सुरु गर्दै नयाँ प्रयोग को सुरुवात गरेका छन् । नेपालमा कुनै पनि रेडियो कार्यक्रमले फेसवुक लाईभ सुरु गरेको यो पहिलो पटक हो।

हरेक शनिवार विहान ९. १५ बजे प्रसारण हुने यो कार्यक्रम गत जेठ १ गते फेसबुक लाईभ को परिक्षण गरिएको थियो । युवा संघ नेपालका अध्यक्ष राजिव पहारी अतिथी रहेको उक्त कार्यक्रमलाई फेसवुक मार्फत हेर्ने दर्शकले मन पराएका थिए भने साउण्ड क्वालिटि सुधार्नु पर्ने टिप्पणी समेत गरेका थिए । परिक्षण प्रसारण भएकोले आगामी साताबाट कार्यक्रमलाई क्वालीटि लाईभ गरिने डिसीले बताए ।

हरेक कार्य गर्दा नयाँ सुरुवात गरेर चर्चामा आउन सफल डिसीलाई किन फेसबुक लाईभ सुरु गर्नुभयो भन्ने प्रश्नमा अहिले विजुलीको समस्याले टिभि हेर्न बत्ती नहुने र रेडियोमा सुन्दा हाउभाउ र अनुहार हेर्न नमील्ने भएको ले प्रविधिको विकास सँगै यो सुरुवात गरिएको बताए । आम जनतालाई आफ्नो कार्यक्रम फेसवुक र युटुव मार्फत भिडियोमा देखाउने बताउदै डिसीले आम श्रोताको माग अनुसार समयसँगै अर्काे नयाँ थालनि पनि गरीने बताउछन् ।

आगामी साताबाट विश्व भरिका दर्शक स्रोताले फेस्वुकमा दिनेश डिसी र घुम्ने मेच पेज लाईक गरी यो कार्यक्रम हेर्न पाउनेछन्। घुम्ने मेच कार्यक्रम अहिले सर्वाधिक श्रोताको रोजाईमा परेको रेडियो कान्तिपुरको एक कार्यक्रम हो । रेडियो सुन्ने बानी नभएका र फेसवुकमा क्रेज भएका व्यक्तीको लागि यो प्रयोग उत्कृष्ट सावित हुने सक्ने छ ।पछिल्लो पटक क प्रचण्डले प्रतक्ष वार्ता गरेपछि घुम्नेमेच चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend