logo
  • शनिबार, साउन ३० २०८३

सुपर प्लस साईज मोडल नेपालको पहिलो अडिशन हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ ।
मोडल सङस नेपाल प्रालिले सुपर प्लस साईज मोडल नेपाल २०१७ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त सौन्दर्य प्रतियोगिताको लागि यहि आउदो पौष १ गते रोस्यो क्याफे नया बानेश्वरमा बिहान १० बजे देखि दिनको ३ बजे सम्म पहिलो अडिशन हुने जानकारी मोडल सङस नेपाल प्रालिले गराएको छ । प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज भएर निराश भएर बसेका क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन ।

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले मोडल सङस नेपाल प्रालिको कार्यालय डिल्लीबजार बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ ।

उक्त प्रतियोगिताको बिजेताले नगद रु २५००० (पच्चीस हजार) सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ ।

जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend