साझा नेटवर्क
अर्जुन खनाल, नया दिल्ली भारत आषाढ १।
भारतको उत्तर प्रदेश राज्य सडक परिवहन निगम गाजियाबाद र पोखरा-दिल्ली बस संचालन गर्दै आएको बस समिती मोर्डन ईरा टुर एण्ड ट्रावल्स प्रालिको संयुक्त संचालनामा दिल्ली देखि पोखरा सम्म दैनिक एसी बस सेवा संचालन हुने भएको छ ।

भारतको उत्तर प्रदेशमा रहेको कौसाम्बीबाट जुलाई एघार देखिबाट बिहान करिब ९ बजे पोखराको लागि बस छुट्ने मङलबार एक कार्यक्रमका बिच उत्तर प्रदेश राज्य सडक परिवहन निगमका क्षेत्रीय ब्यवस्थापक पिके बोसले बताएका छन । ११ नोभेम्बर २०१४मा नेपाल-भारत बस सेवा संचालन बारे सम्झौता भएपनी ऐले भने काठमाडौ-दिल्ली मात्रै बस सेवा संचालनमा आएको थियो ।
यात्रुहरुको मागलाई मध्यनजर गरि भौगोलिक हिसाबले पोखरा -भैरहवा -सुनौली -गोरखपुर -लखनउ हुँदै नयाँ दिल्ली पुग्न सकिने तय भएको थियो यद्यपि बस संचालनमा भने आउन सकेको थिएन ।ऐले उत्तर प्रदेश राज्य सडक परिवहन निगम गाजियाबाद क्षेत्र र मोर्ड्न ईरा टुर एण्ड ट्रावल्सको संयुक्त रुपमा २९ मई २०१६ मा मौखिक रुपमा सम्झौता गरेपनी १४ जुन २०१७का दिन लिखित रुपमा पत्रकार सम्मेल गरि दुबै पक्षले हस्ताक्षर गरेका छन ।
सम्झौता आनुरुप दुबै पक्षबाट दैनिक रुपमा एउटा एसी बस भारतको उत्तर प्रदेशको कौसाम्बी देखि र नेपालको पोखरा टुरिष्ट बस पार्क देखि छुट्ने ब्यवस्था हुने जानाकारी गराईएका छन भने पोखराबाट दिल्ली आउँदा पोखरा -स्याङ्जा -बुटवल -भैरहवा -सुनौली -लखनउ -कानपुर -आग्रा- नोएडा हुँदै नया दिल्ली आउने छ यदि यो दुरि भन्दा छोटो दुरि अन्तबाट परेको खन्डमा दुबैको सहमति अनुरुप चलाउन सकिने बताईएको छ ।
दुबै तर्फबाट बिहान नौ बजे नै छुट्ने बसको किराय भने २२०० भारु रहने जानकरी गाराइएको छ ।कार्यक्रममा मोर्डन ईराका अध्यक्ष केशव प्रसाद अधिकारी ,दलिप पौडेल दिल्ली संयोजक ,टोप प्रसाद डुम्रे दिल्ली संचालक ,राम प्रसाद ढुङ्गाना दिल्ली संचालक ,कृष्ण राज गैरे संचालक ,उत्तर प्रदेश राज्य सडक परिवहन निगमका क्षेत्रीय ब्यवस्थापक पिके बोस,अनिल कुमार निगमकै साहायक ब्यबस्थापक ,आदिको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend