logo
  • शनिबार, साउन ३० २०८३

भारतमा ट्रेन प्लेटफर्मबाटै नेपाली युवा वेपत्ता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हिम शिखर, नयाँ दिल्ली भारत जेष्ठ ३२ ।
सप्तरीबाट रोजगारीका लागि पञ्जाव गएका एक नेपाली भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् ।

सप्तरीको पातो गाविस–१ निवासी ३५ वर्षीय राजु मण्डल आफ्नै गाउँकै साथीसँग रोजगारीको सिलसिलामा पञ्जाव जाने क्रममा भारतको नयाँ दिल्लीस्थित ट्रेनको प्लेटफार्म–५ बाट बेपत्ता भएको उनका परिवारजनले जनाएको छ ।

भाइ बलिया मण्डलका अनुसार दुई दिनअगाडि घरबाट हिँडेको दाइ दिल्ली पुगेपछि सम्पर्कविहीन भएको जानकारी दिनुभयो । मण्डल बेपत्ता भएपछि उनको परिवारमा अहिले रुवावासी छ ।

यसैबीच, बेपत्ता भएका आफ्ना दाइलाई भारतबाट खोजी गरी नेपाल फर्काई दिन हुन भाइ बलियाले नेपाल सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend