logo
  • शनिबार, साउन ३० २०८३

पर्बत युवा सेवा समाज कतारले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,कतार।
निस्वार्थ सेवा समाजमा हाम्रो पर्बत राम्रो पर्बत भन्ने मुलनारा साथ गठित पर्बत युवा सेवा समाज कतारले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।शुभ दिपावलीको पावन अवसरमा १९ अक्टोबर २०१७ का दिन सनैया स्थित स्ट्रेट नम्बर ४१ एनखालिद सिमेन्टको कम्पाउन्डमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। खेलमा सहभागिता जनाउने टिमहरुले १९ तारीख बिहीबार साझा ८ बजे भित्र टिम दर्ता गराइसक्नु पर्ने छ, भने खेलमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ,खेल सम्बन्धि कुनै जानकारी लिन परेमा उल्लेखित ३०२६४७७८,५०१२०८१५,७७१९२३२५,५५२८३६९९, ५०७५४६४१ मोबाइल नम्बरहरुमा सम्पर्क गर्न सकिने बताए।

कतारमा कार्यरत सम्पुर्ण खेल प्रेमी दाजुभाइहरुलाई लक्षित गर्दै मानिसको जिबनमा खेलकुदको अति नै महत्त्वपूर्ण भुमिका रहेको महसुस गर्दै समाजले बिगतका दिनहरुमा जस्तै खेललाई निरंतरता दिदै खेलाडीहरुको ईच्छा आकान्छालाई आत्मसात गर्दै आ-आफ्ना प्रतिभालाई पस्तुत गर्ने जमर्को गरेको सस्थाका अध्यक्ष चिन्तामणि पौडेल बताए।

साथै कतारमा स्थापित संघ सस्थाका प्रमुखहरु तथा बुद्धिजीवी पत्रकार एबम सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अपिल साथै खेलमा सहभागी भइ भरपुर मनोरञ्जन लिनेको लागि आह्वान गरिएको छ।

प्रवासमा रहेर पनि समाजले आफ्नो नेपाली परम्परा अनुसारको सास्कार सस्कृती चाड्पर्वको जगेर्ना संग सगै खेलकुदलाई पनि सक्दो संरक्षण गर्ने प्रयत्न गरिरहदै यहाँ स्थित नेपाली समुदायका गतिविधिमा सहकार्य गर्दै आएको छ ।

समस्यामा परेका नेपालीहरुको सहयोगमा मात्र नभएर स्वदेशमै पनि विभिन्न कारणबाट समस्या परेका ब्यक्तिहरुमा पनि सक्दो सहयोग समाजमा भैपरि आउने सामाजिक गतिविधिमा समाजले सक्दो सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend