logo
  • शनिबार, साउन ३० २०८३

बिमलको मार्मिक गीत “दशैं आउछ किन” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल असोज ९ ।
विजया दशमि तथा शुभ दिपावलीको अवसर मा विमल गैरेले दशै गित वजारमा ल्याएकाछ्न,  अविरल  फिलिम्सको प्रस्तुतिमा तयार भएको गितमा स्वंय विमल गैरे र सुशिला विश्वकर्माको  आवाज रहेको छ भने शव्द स्वंय विमल गैरेको रहेकोछ जसमा लय भने विष्णु खत्रीको रहेको छ  ।
वि.सं. २०४९ साल मंसिर २ गते पाल्पा जिल्लाको कचल गाविसमा जन्मिएका  गैरे यतिवेला सांगेतिक क्षेत्रमा अघि बढ्दै छन  । जन्मस्थान पाल्पा भएपनि गैरे अहिले रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा बसोबास गर्दै आएकाछन ।
विं.स. २०७२ सालमा पहिलो एल्बम स्वरुप गैरेले तिज को एल्बम “ए साईली ” दर्शक र स्रोता विच ल्याएकाथिय । यहि एल्बम बाटै गैरेले औपचारिक साङ्गीत यात्राको थालनी गरेका थिए । विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रममा गीत गाए पनि गैरेले औपचारिक रुपमा एल्बम निकालेका भने थिएनन् ।
“ए साईली ” एल्वमबाट शुरु भएको साङ्गेतिक यात्रा २०७४ साल सम्मामा चार ओटा एल्बममा परिणत भएको छ ।  दुई ओटा एल्वममा गैरेले शब्द सजाएकाछ्न  भने दुईओटा एल्बममा आफैले स्वर दिएका छ्न ।
अहिलेको लोक सङ्गीत प्रतिको गैरेको धारणा यस्तो छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका सदस्य समेत रहेका  गैरको बुझाईमा अहिलेका लोक गीत सङ्गीतमा बिकृती देखा पर्न थालेको छ । वास्तविक लोक शब्दको अर्थ नै फरक रहेको र यस शब्दबाट रचियएका सिर्जनाहरु नितान्त मौलिक खालका हुनुपर्नेमा गैरेको धारणा छ ।
मौलिक खालका शब्दहरुको चाख नै लोक गीत सङ्गीत हो । मेलापात, घाँस दाउरा, पानी पधेरो गर्दा गुनगुनाउन सकिने भाका नै लोक गीत रहेको उहाको भनाई छ । आफैमा सङ्गीत विभिन्न प्रकारका छन् । अध्ययनबाट पनि साङ्गेतिक करियर निर्माण गर्न सकिन्छ ।
ठुलै गायक बन्न सकिन्छ तर लोक गीत सङ्गीतमा त्यता तीर भन्दा पनि नेपाली समाजको वास्तविक चित्रण गर्ने खालको सिर्जना हुनुपर्नेमा गायक गैरेको जोड छ । नेपाली लोक गीत सङ्गीतको संरक्षण सम्र्बधनको लागि भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान खोलिएको हो ।
तर जुन लक्ष्यको साथ प्रतिष्ठान खोलिएको हो त्यहि अनुसार काम नभएको गायक गैरेको भनाई छ । यद्यपि पछिल्लो समयमा आउदा वास्तविक लोक गीत सङ्गीत जस्तै गीतहरु बजारमा आउन लागेको गैरेले बताउछन ।
हालै मात्रै सार्बजनिक भएको दशैं गीतमा गरिबीको कारणले बिदेसिनु परेका नेपाली हरुको कथा ब्यथाहरुलाई समेटिएको छ ।  बिष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा बर्सा , राजेन्द्र र नाबिनको अभिनय रहेको छ । अविरल फिल्मस्ले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend