logo
  • शनिबार, साउन ३० २०८३

कतारमा आयोजित गौरा पर्व विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

महेश कार्की, कतार ।
सुदुरपश्चिम सेवा समाज कतारद्वारा सुदुरपश्चिमको मौलिक तथा नेपाली राष्ट्रिय पर्व गौराको अवसरमा आयोजित सस्थाको दोस्रो वार्षिक उत्सव तथा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतिमा गत शुक्रबार भव्य एवम सभ्य रुपमा सम्पन्न भएको हो ।कार्यक्रममा नेपालि राजदुतावास कतारका मुख्य सचीवको प्रमुख आतिथ्यमा रहेको थियो । त्यस्तै सस्थाका संरक्षक नरेन्द्र भाट एनआरएन कतारका अध्यक्ष नवीन पोख्रेल लगायत कतारमा रहेका विभिन्न विशिष्ट ब्याक्तित्वको विशेष अतिथि रहेका थिए ।

कतारमा सस्थापित विभिन्न सामाजिक संघसंगठनका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, पत्रकार, खेलाडी लगायतका ब्याक्तीहरुको आतिथ्य रहेको कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष अमृत शाहीले गर्नु भएको थियो ।

सुदुर तथा गएर सुदुर पश्चिमेलि को बाख्लो उपस्थिति रहेको कार्यक्रममा नेपालबाट आएका चर्चित गायक टंक तिमिल्सिना, बादल थापा, गायिका अनिता चलाउने तथा जापानबाट आएका गायक दिलेन्द्र जोशी, गायिका देबिका केशी, गायक रितकुमार श्रेष्ठ लगायत अन्य कलाकारहरुले विभिन्न बिधाका गित जस्तै डेउडा, आधुनिक, पप तथा दोहोरी गितहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए ।

कतारमा रहेका स्थानिय कलाकारले पनि विभिन्न सास्कृतिक प्रस्तुति दिएर दर्शकलाई अझ रमाइलो गराएका थिए भने सुप सास्कृतिक परिवारका कलाकारले विभिन्न सुपको सँस्कृती झल्काउने डेउडा तथा छलिया नाच देखाएर कार्यक्रमलाई झन आकर्षक तथा बनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ,बिशेश अतिथि र अतिथिद्वारा कार्यक्रमको ब्यानर अनावरण तथा दीप प्रजलन सहित गौरा माताको मुर्तिलाई कार्यक्रम स्थल परिक्रमा गराउदै कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रमलाई सहयोग गर्ने सहयोगी सस्था ,मिडिया तथा सहयोगी ब्याक्ती र कलाकार लाई सम्मान पत्र सहित सम्मान गररिएको थियो । कतार स्थित प्याराडाइज होटेलको सभाहलमा सम्पन्न भएको कार्यक्रम अनिता चलाउने र गणेश तिरुवाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend