साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ १९ ।
हिन्दुहरुको घर आगनमा बडा दशैंको आगमन हुन अझै करिब १ महिना बाकि छ । तर चाडपर्व विशेष गीत संगीतको बजारमा भने दशैं तिहार गीत बज्न थाली सकेका छन ।
त्यसै क्रममा बिबेक योगीको दशैं गीत “प्रदेशीको पिडा” सार्वजनिक भएको छ । सैक्षिक पेशामा लागेर पनि गीत संगीतलाई औधि मन पराउने बिवेक योगीले शब्द संगीत पनि आफै दिएका छन भने नितिशा योगीले आवाजमा साथ दिएकी छिन ।
अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको निर्देशन सम्पादन बिष्णु भट्टराईले गरेका छन । सबिन बराल र मीरा महोत्रको अभिनय भिडियोमा देख्न सकिन्छ भने बाल कलाकारमा अनिश कंडेल र विदुषी आचार्यको मन छुने अभिनय समेत रहेको छ ।
गरिबी र देशको बिध्यमान परिस्थितिमा देखिएको समस्याले गर्दा लाखौ युवा बिदेशमा जानु र आफ्नो घर परिवारबाट टाढिनु पर्दाको कथा व्यथालाई दृश्यमा प्रस्तुत गरिएको छ । सगुन शर्माले श्रीन्गार गरेको भिडियोलाई चरंगे भन्ने स्थानमा छयांकन गरिएको छ ।
चिरन बराल, युबराज पौडेल लगायतका कलाकारलाई समेत भिडियोमा देख्न सकिन्छ । मनोज खड्काले एरेन्ज गरेको गीत बुटवलकै मेगाहर्ज स्टुडियोमा तयार गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend