logo
  • शनिबार, साउन ३० २०८३

डेढदशकपछि तिजगित सँगै सिर्जना बिरहि थापाको पुनरागमन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिष्णु अधिकारी, कतार ।
लोक गायिका सृजना बिरही थापा गायनमा फर्किएकी छन् । संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिएकी थापा करिब डेढ दशक पछि गायनमा पुनरागमन गरेकी हुन् । लोक दोहोरी गायनमा गीतकार, संगीतकारको समेत छबि बनाउन सफल उनी तिज गीत ‘नाचेरै ल्याउने हो नम्बर’मार्फत गायनमा पुनरागमन गरेकी हुन् ।
हरितालिका तीजको अवसरमा महिला दिदी वहिनीहरुलाई उपहारको रुपमा आफुले तिज गति ल्याएको उनले बताइन् । अहिले बजारमा आएका बिभिन्न तिज गीत भन्दा आफ्नो साँच्चिकै तीज गीत भएको उनको भनाई रहेको छ । थापाको स्वर, शव्द र संगीत रहेको गीतको भिडियो पनि बनेको छ ।

भिडियोमा थापा पनि अभिनयमा देखिएकी छन्, भने उनको अलवा माधुरी चापाँगाई, निलिशा गौतम, अस्मिता कोइराला, कृष्ण कार्की, सुष्मा केसी, सुभद्रा खत्री, कल्पना कार्की र अन्य दर्जन बढी कलाकारहरुको अभियन रहेको छ ।

‘एउटा चिठी लेख्न मन लाछ’, ‘चरी भए आउथ्य उडेर’, ‘हेर न लालु मै’, ‘राम्रो फूल त फूल्नै नहुनी’, ‘बादल भित्र जुन छ’, ‘रुदै रुदै जान्छु मेलामा’, ‘हासेर बोलिदेउ मायाँ’, ‘चरिले गुँड सारी सक्दानी’, ‘लगन जुराइ देउ’ जस्ता दर्जन बढि सफल गीत थापाले दिएकी छन् । भिडियो अमेरिकाको विभिन्न स्थानमा छायाँकन भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend