logo
  • शनिबार, साउन ३० २०८३

अर्घाखाँचीका विभिन्न स्थानमा गाइजात्रा निकालियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिपेन्द्र श्रेष्ठ/बुलन्द, अर्घाखाँची साउन २६ ।
नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो । नेवारी समुदायमा बर्षको एक पटक निकालिने ऐतिहासिक नृत्य गाईजात्रा जिल्लाको सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्ना, वाङ्गला, टुनिपोखारा, पटुवाथुम त्यस्तै भुमिकास्थान नगरपालिका अन्तर्गत लात्तेबाज, नुवाकोट र पाणिनी गाउपालिका अन्तर्गत अड्गुरी,पालि ढाक्रेबास र छ्त्रदेब गाउपालिका अन्तर्गत अर्घातोष, भगवती,छ्त्रगंज ,केरुङ्गा लगायतका स्थानमा गत २४ गते मंगलबार जात्रा सम्पन्न भएको हो ।
मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भएका मृतकहरुको सम्झनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा, पितृ उद्धारका लागि नेवार समुदायमा गाइजात्रा निकाल्ने प्रचलन इतिहास देखि रहि आएको छ ।

फरक यत्ति मात्र हो कुनै जिल्लामा गाईलाई नै सिगारेर जात्रा निकालिन्छ तर अर्घाखाचीका नेवार समुदायहरुमा भने डोकोलाई सिँगारेर मृतकहरुको शरिरको प्रतिमा बनाई मृतकको अनि गाइको फोटो टासी बिगतका बर्षमा दिवंगत भएको एक वर्ष भित्रमा वा कुनै कारणले निकाल्न नपाएको खण्डमा पछी पनि गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।

बिगतका बर्षहरुदेखी नै जनैपूर्णिमाको दिन विषेश तयारी गरि अर्को दिन बिहान नेवार समुदाय र छिमेकीहरुको घर घरमा लगि नगर परिक्रमा तथा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने र साझ विधिवत पुजाआजा गरि भित्र्याउने प्रचलन रहि आएको छ ।

तर पनि यस बर्ष भने ५०बर्षको अन्तरालमा पहिलो पटक जनै पुर्णिमा र नाग पंचमी एकै दिन परेको र जनै पुर्णिमा को ११ दिन पछी गाइजात्रा परेको हुनाले गत मंगलबार गाइजात्रा निकालिएको बताइएको छ । गाइजात्रालाइ ठाउ अनुसार फरक फरक नामले जस्तै कतै गाइजात्रा ,कुनै ठाउमा हिम्पाई त कतै नेवारी भाषामा झ्याल्टुंग नामले पनि उच्चारण गर्ने गरिन्छ।

नेवार समुदायका मृत्यु भएका व्यक्तिहरुको गाइजात्रा निकाल्दा हिन्दु धर्म सस्कार अनुसार पितृहरुको चिरशान्ति हुने र पितृहरु गाईको पुच्छरको सहायता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने र मृतकका परिवारजनहरुलाई पनि पितृ मोक्क्ष प्राप्त हुने जनविश्वास रहेको छ्त्रदेब गाउपालिका वार्ड नं ८अर्घातोष का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो ।

देशमा बढ्दै गएको बेरोजगारीका कारण युवाहरू वैदेशिक रोजगारिका लागि विदेशिने क्रम बढेपछी नेवारहरुको कला सस्कृती जोगाउन समेत मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण गर्न यस्ता कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपर्ने अर्घातोष-भगवती संयुक्त नेवा समाजका युवा समाजसेबी रमेश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend