साझा नेटवर्क
मो.अजिज अलि,दोहा ।
हामि सबैलाई थाहा नै छ देशमा महाभुकम्पले तहस नहस बनाएको पनि १ वर्ष भैसक्यो तर अहिले सम्म पुन निर्माणको काम सरकारी तर्फबाट हुन सकिरहेको छैन बर्खा लागि सक्यो अहिले सम्म पनि धेरै पिडितहरु पाल मुनि बस्न बाध्य छन् । यस्तो अबस्थामा आफ्नो कुनै प्रवाह नगरी धुर्मुस – सुन्तली फाउण्डेसन द्वारा गत वर्ष काभ्रेमा एउटा नमुना वस्ती निर्माण गरेर सम्पूर्ण नेपालीहरुको आखाको नानि बन्न सफल भएका थिए ।
“बगाउछौ कुलतमा पसिनाको कमाई
क्षणिक, मोज अनि मस्तिमा रमाई
गरौ काम पुन्यको पुनर्जन्मको लागि
नबसौ घमन्ड आडम्बरि पन जमाई !!”
जसवाट धेरै भुकम्प पिडितहरुले घर पाएका थिए यसै गरि अहिले फेरी धुर्मुस – सुन्तली फाउण्डेसनले भुकम्पबाट क्षतिग्रस्थ सिन्धुपाल्चोक जिल्लामा दोस्रो धुर्मुस–सुन्तली एकीकृत बस्ती निर्माण गरि भुकम्प पिडित गरिब समुदायहरुको चोटमा मलम लगाउने प्रयास गर्दैछन् तर उहाहरु संग आर्थिक अबस्था कम्जोर रहेकोले देश बिदेसवाट सहयोगको लागि आग्रह गरिरहेको र देश तथा विदेश वाट सहयोग गर्ने क्रम पनि जारि रहेको छ । यसै क्रममा हामि यति धेरै नेपाली रहेको यो देश कतारवाट पनि केहि मात्रामा भएपनि उहाहरुको उक्त महान कार्यमा सहयोग गरौ भन्ने उदेस्यका साथ मैले आजको दिन देखि धुर्मुस – सुन्तली फाण्डेसनले निर्माण गर्न लागेको नमुना वस्ती निर्मंणको लागी सहयोग संकलन अभियान सुरु गरेको कुरा तपाइहरु सम्पूर्णमा जानकारी गराउदै सक्दो सहयोग गरि यो सामाजिक अभियानलाई सफल परि दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
आसा छ मेरो यो कदममा तपाई सम्पुर्णले साथ दिनुहुने छ । माथिको अनुरोध आफ्नो फेसबुकको वालमा पोस्ट गर्दै कतारमा रहेकी सुमित्रा लामिछानेले धुर्मुस सुन्तली नमुना बस्तीलाइ आर्थिक संकलन अभियान सुरु गरे लगतै सहयोगी मनका धनिहरुले उनको अभियानलाइ साथ दिने प्रतिबद्दता जनाउनेक्रम पनि सुरु भयो । लामो समय देखि कतारमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी तथा समाजसेवी सुष्मिता भुसालले १ लाख रुपैया दिने प्रतिबद्दता गरेर सुमित्राको मानवीय अभियानलाई साथ् दिए त्यसै गरि सागर घिसिंगले १० हजार रुपैया, उशन श्रेष्ठले ३००० रुपौया, आरजु भाट कतारी रियाल ५०१, लक्ष्मी प्रसाद उपाध्याय कतारी रियाल १०५, अक्तर हुसैन कतारी रियाल २०५, बालकृष्ण गिरि कतारी रियाल ५१, बिमल सुवेदी कतारी रियाल १०१, दोर्ण कार्की कतारी रियाल १११, लिला अधिकारि कतारी रियाल १११, दर्पण दंगाल कतारी रियाल ५१, बिमल अधिकारी कतारी रियाल ५१, अर्जुन चापागाई कतारी रियाल ५०५, सुनिल कार्की कतारी रियाल ५०१, राजु कोइराला कतारी रियाल २०१, प्रियंका कार्की कतारी रियाल १००५, शिव कार्की कतारी रियाल २५१ लगायतले प्रतिबद्दता र नगद सहयोग गर्दै सुमित्राको अभियानले गति लिएको छ ।
परिवार संगै कतारमा बस्दै आएकी सुमित्रा विभिन्न संघ संस्थामा आवद्द भै सामाजिक अभियानमा सक्रिय छिन उनले व्यक्तिगतरुपमा सुरु गरेको यो अभियानले मुर्तरुप लिए संगै पछि कतारमा अन्य संस्थाले पनि यस्तै अभियान सुरु गरेका छन जसले जसरि गरे पनि धुर्मुस सुन्तलीको महान अभियानलाईनै सहयोग पुग्ने हुनाले सबैबाट सक्दो रकम संकलन गरि सहयोग पठाउनु पर्छ भन्ने उनको धारणा रहेको छ । उनले मेरो यो अभियानलाई कतारमा रहेका समाजसेवी व्यवसायी बुद्दिजीवी र संघसंस्था र पत्रकार मिडियाकर्मीहरुले साथ सहयोग रहोस भन्ने अपिल गर्दै अझै सहयोगी हातहरुको आपेक्षा गरेको छु भन्दै संकलित रकम सम्बन्धित धुर्मुस – सुन्तली फाउण्डेसनमा छिट्टै पठाउने जानकारी दिएकी छिन ।
सुमित्राको यो अभियानलाई सम्मान गर्दै हामीले आआफ्नो ठाउबाट सहयोग गरौ । सरकारले गर्न ढिलाई गरेको काम धुर्मुस सुन्तलीले थोरै नै भए पनि गरेर देखाएका छन् हाम्रो सानो सहयोगले उनीहरुको अभियानलाइ सफल बनाउन सक्छ भने किन नगर्ने ?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend