साझा नेटवर्क
-प्रेम सुनार ।
फोन न उठाउँ त कुनै महत्वपुर्ण समाचार गुम्ने हो कि भन्ने लाग्छ । अनि मलाई आउने फोन उठाउने नै हो भने अरु काम नगरे भयो । यो अवस्था छ मेरो । दिनमा जसोतसो फोन उठाउँछु तर ईमो , भाईवर र वार्टशप मैले बन्द नै गर्नु पने बाध्यता छ । मेरो सवै भन्दा आरमका् दिन त्यो हो जुन दिन मैले फोन गरेको हुँछु । मलाई आउने फोनहरु मध्ये आरामै ? खान खानु भयो ? मलाई चिन्नु भयो ? के छ खवर ? यस्ता कुराले थप तनाव पुराउँछ । कहिले भुतले छल्यो भनेर रातमा बोलाउँ छन ।
कहिले बलात्कार भयो भनेर सुईको दिन्छन । कहिले अरु अनेक थरी विषयमा बोलाउँ छन् । यहि क्रममा गए राती सदरमुकामको एक होटलमा बोलाईयो । त्यस होटलमा काम गर्ने एक जना कामदार महिला शौलाय भित्र पसेको झण्डै आधा घण्टा सम्म बाहिर न निस्केको र खोल्दा चुक्कुल लगाएको विषयमा हंगामा चलेको रहेछ । निद्रमा थिएँ जुरुक्क उठेर जान्छु भन्दा वालाउँदा पनि बोल्दीनन ।
आत्मा हत्या गरेको आंशका जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीले पनि ग¥यो म सहित अर्का पुराना पत्रकार हरिप्रसाद पोखरेलले पनि गर्नु भयो । हामीले ढोकाको चरबाट फोटो खिच्दा ति महिला शौचालयको चिसो भुँईमा लडेकी थिईन् । त्यो दृश्य देखे पछि पट्रोलिङ्गका प्रहरीको हद भन्दा बाहिरको विषय लागेर मुद्धा फाँटलाई बोलाए । टोली केहि वेरमा आयो । होटलवालाहरुको ओठ मुख सुकेको थियो । जम्मा तिन दिन भएको रहेछ । वर्षऔं देखि माईला दाईको चिया पसल भनेर चिनिएका र असाध्धै सोझा माईलादाई फस्ने हुन की भन्ने चिन्ता पनि त्यहाँ गरिदै थियो ।
एक्कासी ति चिसो भुँईमा लडेकी महिला ढोका खोलेर बाहिर निस्के पछि सदरमुकाममा अर्को भुत निस्कीए जस्तो भयो । किन हो यसरी जम्मा भएको ? यस्तो ठाडो प्रश्न गर्दै ति महिला बाहिर निस्कीईन् । तिन चार वटा सन्तानकी आमा ईस्माको दोहली गाउँबाट श्रीमानले होला गरे पछि तम्घासमा जुठा भाँडा माझ्न आएकी उनलाई वेला बेलामा बेहोस हुने विमारले छोएको रहेछ । गाउँमा न्याय पाईन त्यसैले ज्यान पाल्न हिडेकी हुँ भन्ने उनका बारेमा नवनिर्वाचित जनप्रतिनिधीले चासो दिने विषय बनेको छ ।
त्यहाँबाट फर्के पछि भर्खर सुत्न के लागेको थिए एउटा फोन आयो । सुरु मै दाई रकर्ड चाँही नगर्नु होला म तपाई संग भित्रि मनको वह पोख्न चाहन्छु है भनिन् । भन्नु न भने । उनले यसरी आफ्ना वहहरु पोखिन –‘ पक्कै पनि लोग्ने मोन्छे र हामी महिलाको मन एउटै होला । मेरो १८ वर्षको उमेरमा तिन वर्ष अघि विहे भएको हो । प्लस टु पढ्दै थिएँ र कुनै पनि पुरुष संग मेरो सेक्सुअल सम्वन्ध पनि थिएन । तर जिज्ञाषु मन भने व्याकुल थियो ।
माग्न आए वाहुने संस्कारमा वावु आमाले दिए पछि नकार्न सकिन । विहे भयो । जन्म घर छाड्नुको रोदन संगै कौतुहलता पनि हुँदो रहेछ । विहेको पहिलो दिन हामी दुई जना नजिकीने वातवरण पनि थिएन् । दुलहन फर्काए पछिका दिन भने हाम्रा लागि ढुक्क छन भन्ने ठानेकी थिएँ । तर मेरा कल्पना , कल्पना मै सिमित हुने ठाने पछि उनि विेदेश हिड्नुको अघिल्लो दिन राती म आफ्नो लाज पचाउन बाध्य भएँ । उनि जहाँ सुत्छन मैले छाड्ने वाला थिईन ।
एउटी अनमत्त बैशे उमेरकी केटीलाई श्रीमति बनाएर ल्याई सके पछि खोई श्रीमानले गर्ने ब्यवहार ? म यहि कुरामा आक्रोषित थिएँ । त्यही आक्रोष र आतुर यौन जिज्ञाषा मेटाउन म उनि लुकेर सुतेको स्थान माथील्लो तलाको आँटीमा झयालबाट उक्लेर चोर जस्तै गरी पुगे । मस्त निद्रामा रहेछन् । मुहार सुम्सुमाउँदै उठाएँ । मोवाईलबो लाईट वालेर मुहार हेरे असाध्धै मन वहकियो । त्यस पछिको समय मेरा लागि निकै पिडादायि रह्यो । दाई उत्ताउँली केटी रहेछ नभन्नु होला ।
तपाई धेरै महिलाका पिडा लेख्ने भएर म नलजाई भन्दै छु कि म जस्ता चेलीले यस्तो भोग्न नपरोस भन्नका खातिर सवै कुरा भनेकी हुँ । त्यस रता उज्यालो हुने बेला सम्म मेरो तड्पन शान्ता पार्नै सकेनन् उनले । मुटु एकनासले भड्की रहेको छ । स्वास प्रस्वासले मलाई थप दवाव दिई रहेको छ । मलाई मेरो मनले दवाव दिए पनि उनको मनले उनलाई दवाव दिन सकेन् ।
कौतहलतै कौतुहलताको तडपनका विच त्यो रात वित्यो । उज्यालो भएको केहि वेर घरयासी काममा लागियो । उनलाई विदाई गर्नु पुर्व नै मैले कसरी विदाईको हात हल्लाउ भन्ने सपना देखि रहेकी थिएं । श्रीमान श्रीमति नातामा सेक्स भन्ने कुरा मात्रै बाधक पनि त्यति वेला मलाई लागेन । उनि हिड्ने भन्ने कुराले नै म एक्ली जस्तै भई सकेकी थिएँ । बरु मलाई केहि नगरोस मात्र मेरो कोखमा लुटपुटिए पनि धन्य हुन्थ्यो जस्तो मलाई लागेको थियो । तर उ एक चोटी विदेश गएर आएको मान्छे जाने नै भयो ।
घरमा बाबा आमा र वहिनीहरुले टिका टाला गरे संगै मैले उसलाई अलि पर सम्म छोड्न आएँ । वाक्य फुट्न बढो मुस्कील थियो । दुवै मौन छौं । गर्न त उसले मलाई माया गर्दो रहेछ भन्ने तव थाह पाएँ । मौन हिड्दै गर्दा उसका आँखा रसाएका थिए । मैले पग्न वित्तिकै फोन गर्नु है भन्न नपाउँदै मुटुमा गाँठो प¥यो । दुवैको अश्रुधारका संगै आँखा जुधाऔं । अंगालो हालेर रुने मन थियो तर बातरवरण नभएर विवस भयौं । उताबाट जिप आयो मेरो उनलाई टिपेर लग्यो । आँखाको दृष्टीले पुग्ने बेला सम्म मैले एकानास उनलाई नियाली रहेकी थिएँ । त्यो सिङ्ग जिप उनकै प्रतिमुर्ति बनेको थियो ।
यसरी विदा भएका हामी विच वैवाहिक सम्वन्ध सुमधुर हुने कुरामा म ढुक्क थिएँ किन की विदाईको क्षणमा उसका पनि आँशु खसेकोले । उसको फोनको प्रतिक्षमा म निकै दिन तड्पीएँ । एक चोटी सपरिवारलाई फोन गर्ने बेलामा म पनि उस संग वोल्न चाहें । मलाई तँ मन पर्दैन आफ्नो खुशी गर्नु….. यस्तो भन्यो । भन्नु न दादा.. भक्कानीदै मलाई कस्तो भए होला । म मेरा बाबु आमाको ईज्जतका खातिर उसले त्यो भने पघि घर गर्न बाध्य छु ।
त्यस पछिका दिनमा उसको नम्वरमा धेरै चोटी फोन हानें उसले पटक्कै उठाएन । पछि गएर नम्वर चेञ्ज ग¥यो । दिनमा त साथी संग कुराकानी हुँदा केहि जस्तो लाग्दैन तर दादा म कैयौं रात रोएर बिताएकी छु । बिसा वाईसे उमेरकी मान्छे । पढा लेखा र धेरै केटाहरुले लाईन माने सुन्दरी पनि छ जस्तो लाग्छ । कहिले काँही मन वरालीन्छ पनि तर वावु आमाको ईज्जत मेरा सामु सावाधानीको औला ठडाउन उभिन्छ । मलाई थाह छ उ नपुकसक होईन । मैले थाह पाएँ उसले छिमेकी केटीलाई एक चोटी भुँडी बोकाएर फलाएको रहेछ ।
विहे गरेको १५ दिन सम्मका रात उसले गाउँ घरका केटीहरु संगै बितायो । अहिले उ म संग सम्पर्क विहन भए पनि गाउँकी एउटी केटी संग दिनमा दश चोटी फोनमा विताउँ छ । म अंस्ती साउने सक्रान्तिमा माईत गएँ । बुवा आमाले वावुले फोन गर्नु हुन्छ भन्दा मुस्कुराउँदै अघि भर्खर पनि गर्नु भएको थियो , दर्शन भनि दिनु भन्नु भा’छ भनेर ईज्जत बँचाएँ । भाईले सधै भन्छ कि भेनालाई झिकाउन भन्नु कि अलिकति पैसा पठाई दिन भन्नु म विदेश जान्छु । हुन्छ नि कुरा गरी दिउँला भन्छु । मलाई घर खर्चो गर्ने पैसा त उसले पठाएको छैन भने भाईको त्यो कुरा कसरी सल्टाउन सक्थे र दाद भन्नु त ?
एउटा कुरा दाद घरमा बुढा वा आमाले त राती अवेर सम्म टिभीमा फिल्म हेनु हुन्छ तर म हेर्नै सक्दीँन । किन कि हिरो हिरोईनीका रोमान्स देख्दा मेरो मुटु भक्कानिन्छ । कहिले काँही सपनामा उ संग निधु्रक्क भिजेकी हुन्छ म । घर त आईज न किन छाडुला र भन्छु । उसको प्रतिक्षाको दियो हरदम वालेकी छु । उ पचासौं वर्ष नआउञ्जेल सम्म कहिल्लै निभ्न सक्दैन र यो जिज्ञाषु मन पनि उ वाहेक कसै संग डगमगाउन चाहन्न । मनै हो दादा, कहिले काँही उन्मत्त हुन्छ ।
त्यसलाई मैले एकदम मिठास अनुभुतिका साथ लिने गछु । त्वेला बेदलामा हुने मेरो त्यही उन्मत्त मन सहवासको साथी जस्तै बनेको छ । तपाईले धेरै महिला पोईला गएको न्युज लेख्नु हुन्छ । तर त्यस पछाडीका कारणहरु लेख्नु हुन्न र दुख लाग्छ । होला कोही कोही मात लागेर हिडे होलान तर धेरै जस्ता महिलाहरु श्रीमान नाम मात्रैको भएर हिडेका छन भन्ने मेरै अवस्थाले पनि स्पष्ट पार्छ । म बस्छु उ आउने बेला सम्म । माईतीको ईज्जत पनि जति थामे , थामे । जव उ आएर यस्तै व्वहार देखायो भने हेर्नु होला म पनि उसको विल्लीफाँट पारेर हिड्ने छु ।
त्यो समाचार लेख्नु भयो भने अहिले मैले गरेका कुरा पनि लेख्नु होला । महिला त्यसै घर छोड्दैनन् । वर्षऔं सम्म उसलाई कुर्ने, उसको घरको गोठालो हुने अनि माया नपाउने ? त्यस कारण क्षतिपुर्ति सहित टाप कस्नु पर्ने बाध्यता छ । उ छोरो मान्छे विदेशमा आफ्नो हात देखि त्यहाँका झारपात सम्मबाट सन्तुष्टी लिने तर हामी घर धान्नेहरु संग सामन्य मायाको बचन सम्म नदिए पछि छाड्नै परे त्यसै कसले छाड्छ ? दादा डिष्टप गरे यो मध्ये रातमा माईन्ड नगर्नु होला ।
पोई खोजेकी रहिछ पनि नभुन्नु होला मात्र म जस्ता चेलीहरुको वेदना पोखेकी हुँ मेरो नाम चाही नभनि दिनु होला लेख्न चाँही लेख्दीनु होला । सुत्नु दाई , म पनि सुत्छु एक लोटा पानी खाँदै .. गलल्ल हाँसो… वाई… सियु…. । वहिर पिसाव फेर्न निस्कीँदा पारी व्रम्हाकुमारी ईस्वरिय विश्व विद्यालयमा विहानीको पुजा आरधान चलेको रहेछ । यसर्थ म आज २०७४ , साउन २० गते अनिद्रमा छु ।
लेखक पश्चिम नेपालमा चर्चित रेडियो कार्यक्रम ओझेलका खवर मार्फत महिलाहरुको पिडा र उनिहरुको विकृति समेत उठान गर्ने पत्रकार हुन्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend