logo
  • शनिबार, साउन ३० २०८३

गायिका रुपा जिएमको “खोली तर्यो गाई” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी साउन १७ ।
गायिका रुपा धर्ती मगरको तिजगीत कोसेली सार्बजनिक भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिए सँगै ‘खोली तर्यो गाई’ बोलको तिज गीत कोसेली सार्बजनिक गरेकी छन् ।
तिज पर्वमा मौलिक अर्थात गाउँमा गाइने ठेट तिज गीत सार्बजनिक भएको छ । गतवर्ष झै यसवर्ष पनि गायिक रुपा र आस्मा दर्लामी मगरको संयुक्त एल्वमको रुपमा सार्बजनिक गरेका हुन् । तिज पर्वमा महिला दिदि बहिनी बसेर एक अर्काका तिता मिठा गन्थनहरु सगै गाइने गीतको झल्को दिलाउला छ ।

मायाँ प्रेममा आधारित लाहुरे सँग प्रेम बसेको कथा बस्तु गीतमा समाबेश रहेको गायिक रुपा धर्ती मगरले बताइन् । कला सँस्कृतिको संरक्षण सगै महिलाहरुको महान पर्वमा सबैलाई नचाउनको निम्ती तिजको गीत ल्याएको उनले बताइन् ।

तिज गीतमा पल्टनको लाहुरे सँग मायाँ पिरती बसेसगै के गरम के गरम भएको कथा बस्तु गीतमा रहेको छ । प्रेमीकाले लाहुरे मनपर्दा उ सगै जाने कि नजाने दोधारमा भएका कथा बस्तु गितमा उल्लेख छ ।

गायिका रुपा घर्ती मगर, आस्मा दर्लामी मगरको सुमधुर स्वर रहेको गीतमा गितकार शिब हमालको शब्द संगीत रहेको छ । तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा आरुमी मगर, बिनु खड्का, बुद्धिबिर थापाको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend