logo
  • शनिबार, साउन ३० २०८३

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको भोटिङ खुल्ला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ साउन १६।
नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ प्रतियोगिताको आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको भोटिङ खुल्ला गरिएको छ ।
आफुलाई मन पर्ने प्रतियोगीहरुलाई भोट गरि प्रतियोगीहरुको हौसला बढाउन पनि सम्पूर्ण नेपाली समुदाय प्रति आयोजक सस्थाले हार्दिक अनुरोध गरेको छ ।

यस सौन्दर्य प्रतियोगितामा छनौट भएका मध्येबाट भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताएका छन । सङस नेपाल प्रालिले आयोजना गरेको यस सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धिको सम्पूर्ण प्रशिक्षण समेत प्रदान गरिएको छ ।

यस प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने छन । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदै आएको छ ।

जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए । नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को कोरियोग्राफी के. दिबश भट्टराइले गरेका छन ।

भोटिङ तथा अन्य जानकारीको लागि यो फस्बुक पेज ओपन गरेर हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend