साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं साउन १५ ।
गायिका मेलिना राईद्वारा स्वरबद्ध “सुन्न सकिन” बोल गीत तथा भिडियो सार्वजनिक भएको छ ।
राजेश अर्यालको शब्द र टंक बुढाथोकीको संगीत रहेको यसमा म्युजिक भिडियो निर्देशक तथा गीतकारसमेत रहेका दर्पण राई र मोडल सम्झना राईले अभिनय गरेका छन् ।
यस अलावा भिडियोमा रुपा केसीको पनि अभिनय छ । भिडियोलाई सशांक कँडेलले निर्देशन गरेका हुन् । भिडियोलाई राजकुमार लामिछानेले खिचेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend