साझा नेटवर्क
काठमाडौं, जेष्ठ २८।
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजनामा चौथो बायो लोक दोहोरी अवार्ड सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा २० विधाका सर्जकहरुलाई अवार्ड वितरण गरिएको थियो ।

बरिष्ठ लोक गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड र दशककि गायिकामा चर्चित लोक दोहोरी गायिका लक्ष्मी न्यौपानेलाई अवार्ड प्रदान गरिएको हो।
समारोहमा पत्रकार सम्मान कान्तिपुर साप्ताहिकका बिदुर खतिवडालाइ प्रदान गरिएको थियो। अग्रजलाई सम्मान नयालाई प्रोत्साहन भन्ने नाराका साथ सम्पन्न अवार्डमा बिभिन्न क्षेत्रका अग्रज हस्तीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend