logo
  • शनिबार, साउन ३० २०८३

निर्मलाले ल्याइन् तिजको कोशेली “नभने बुढा ऋण लायो”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी साउन १२ ।
गायिका निर्मला भण्डारीको तिज गीत कोसेली सार्बजनिक भएको । हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउने दिन नजिकिए सगै गायिका भण्डारीले पनि यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर ‘नभने बुढा ऋण लायो’ बोलको तिज गीत सार्बजनिक गरेकी छन् ।

तिज गीतमा मौलिकता हराईरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् । गायिका भण्डारीले पनि तिज पर्वमा गाइने बास्ताबिक गितलाई आफनो गीतमा उत्तार्ने प्रयास गरेकी छन् ।

तिज पर्वमा मुख्य गरि दुई पक्षलाई मध्य नजर राखेर गाइने प्रचलन रहेको छ । पुरानो चलन अनुसार सासु बुहारीले दुख दिएका, माइत जान नपाएका, तिजमाा लगाउने लत्ता कपडाहरुको बारेमा जस्ता कथा बस्तुमा तिज गीतमा बेदना पोख्ने प्रचल रहेको थियो ।

पछिल्लो समय भने फरक फरक तरिकाले गितहरु आउने गरे पनि यसवर्ष कलाकारले पुरानै शैलीलाई अपनाएर गित सृजना गर्ने गरेका छन् । गायिक निर्मलाको गीतमा पनि तिजमा लगाउने गरगहना किन्दा ऋण लायो नभन बुढा भनेर आफना श्रीमानलाई भनेको कथा बस्तुमा गीत रहेको छ ।

तिजमा माइत जाने र गहना किन्ने जस्ता गितमा मुख्य भाव रहेको छ । गीतमा तिज पर्व आयो माइत जाने दिन आयो शिरमा लगाउने सुनको शिरफुल किन्ने जस्ता गीतमा मुख्य कथा बस्तु रहेको गायिक निर्मलाले बताइन् ।

यायक एबं गितकार भगवान भण्डारीको लय शब्द रहेको गीतमा गायिका निर्मलाको एकल स्वर रहेको छ । आशिष म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको गितमा करिश्मा ढकालको मुख्य अभिनय रहेको छ ।


गितको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend