logo
  • शनिबार, साउन ३० २०८३

बद्रि र कला पंगेनीको ‘शिरमा ढाका टोपी’ सार्वजनीक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल दोहा ।
चर्चित गायक बद्री पंगेनी र कला पंगेनीको आवाजमा रहेको नयाँ लोक दोहोरी गीत ‘शिरमा ढाका टोपी’ भिडीयो सार्वजनीक भएको छ । एकनारायण भण्डारीको लय तथा शब्द शंकलन रहेको उक्त गीतको भिडीयो निर्दैशन चर्चित निर्देशक शंकर विसीले गरेका छन भने राजेश घिमीरेले छायाँकन गरेका छन ।
badri kala
शंकर विसी र  नम्रता सापकोटाको अभिनय रहेको गीत सितारा म्युजीक कम्पनीले बजार ब्यवस्थापन गरेको छ । मालश्री स्टुडीयोमा रेकर्ड भएको उक्त गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ। गीत निकै कर्णप्रिय एवं नृत्य प्रधान रहेकोले वजारको माग अनुसारको रहेको एरेन्जर वाजुरालीले वताए ।

पछिल्लो समयमा एकनारायण भण्डारी र वद्री पंगेनीको सहकार्यमा धेरै गीतहरु चर्चित बनिरहेका छन। त्यस्तै कर्णप्रिय अर्को गीत बनेको छ ‘शिरमा ढाकाटोपी’ ।एकनारायण भण्डारी, वद्री पंगेनी संगको सहकार्यमा आफु निकै उत्साहीत र आशावादी रहेको कुरा गायीका कला पंगेनीले वताईन ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend