logo
  • शनिबार, साउन ३० २०८३

परदेशी भुमिबाट मोडलिङमा जम्दै मोडल रोजेन सुन्दास


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ साउन ११।
परदेशी भुमिबाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन । सानै उमेर बाट आफुलाई मोडल तथा नायक बनाउने सोच लिएर अगाडि बढेका मोडल रोजेन सुन्दास अन्तत दक्षिण कोरियामा बसेर भए पनि मोडलिङलाइ निरन्तरता दिदै आएका छन ।

चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङ राईको एल्बम `सङ्गीतालाप´मा समाबेश भएको `किन गयौ टाढा – टाढा …´ बोलको गीतको म्युजिक भिडियो मार्फत उनले मोडलिङलाइ सुरुवात गरेका छन ।

यसै म्युजिक भिडियो बाट निर्देशनको यात्रा पनि सुरु गरेका छन l जुन म्युजिक भिडियो भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ । मनोज साङ्सोन राईको सङ्गीत रहेकोे यो गीतको छायांकन दक्षिण कोरियामा गरिएको छ ।

कलाकारहरू रोजेन सुन्दास र रीता क्षेत्रीको अभिनय रहेको म्युजिक भिडियोमा रोजेन सुन्दासको निर्देशन तथा दीपक पौडेलले छायांकन रहेको छ ।

करीब चारवर्ष अगाडि `फूलजस्तै लाग्थ्यो माया एल्बम निकाल्नु भएका गीतकार राईको यो दोश्रो एल्बम `सङ्गीतालापको बजार व्यवस्थापन बिन्दबासिनी म्युजिकले गरेको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend