logo
  • शनिबार, साउन ३० २०८३

गायक खुमन अधिकारी र पार्वती स्त्री ‘दुर्बीन’ले हेर्दा हेर्दै भेटीएपछि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ ।
चर्चित गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको ‘दुर्बीन लाई लाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस वर्षको तीजको कोशेली ‘दुर्बीन लाई लाई’ बोलको गीतको भिडियोमा शंकर बिसी र करिश्मा ढकालले मोडलिङ गरेका छन्।
तीज गीतमा शंकर र करिश्माले रोमान्स गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ। शंकर बिसी स्वयम्ले निर्देशन गरेको भिडियोमा तीजको छनक सँगै माया, प्रेम र रोमान्सलाई समेट्न बिसी सफल देखिन्छन्।

तीजमा धेरै समय रमाइलो गर्ने खालको भिडियो करिब ९ मिनेट लामो रहेको छ। गीतको भिडियोमा करिश्मा र शंकरका माध्यमबाट हिन्दु नेपाली नारीको महान् पर्व तीजका रोचक र चोटिला प्रसंग उठाइएको छ।

राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन्। भिडियोको कोरियोग्राफी पनि निर्देशक बिसीले नै गरेका हुन्। गीतमा संगीत भने गायक अधिकारीकै रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend