logo
  • शनिबार, साउन ३० २०८३

परिणितीको माग, साउथ फिल्मका लागि साढे ३ करोड


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

१ बर्षपछि ‘मेरी प्यारी विन्दु’ चलचित्रबाट बलिउड नायिका परिणिती चोपडा पर्दामा देखिदैछिन् । परिणितीले शरीर घटाएपछि पर्दामा आउन लागेकी हुन् । उनी अब साउथ चलचित्रमा पनि देखिने तयारीमा छिन् ।
pariniti-chopra-hot
साउथका सुपरस्टार महेश बाबुलाई लिएर निर्माण हुन लागेको नयाँ चलचित्रमा परिणिती मुख्य नायिकाको रुपमा देखिने चर्चा छ । तर, परिणितीले यो चलचित्र खेल्नु भन्दा पनि यसका लागि लिएको पारिश्रमिकले धेरैको ध्यान तानेको छ । ए.आर.मुरुगादाँसको नयाँ चलचित्रमा महेश बाबु र परिणितीको जोडी देखिनेछ ।

यो चलचित्रका लागि बलिउड सुन्दरीले साढे ३ करोड पारिश्रमिक मागेकी छिन् । उनले महंगो पारिश्रमिक लिन लागेपछि यसको बजेट पनि बढेको छ । यो चलचित्र तेलुगु र तमिल भाषामा पनि बन्नेछ । हिन्दी भाषामा पनि यो चलचित्र डब हुनेछ । यसको बजेट ९० करोड लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend