logo
  • शनिबार, साउन ३० २०८३

पहिलो भिडियोमै चर्चा कमाउने यी बाल कलाकार को हुन ?


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल असार २६ ।
बजारमा विभिन्न किसिमका तीज गीत हरु सार्बजनिक भैरहेको अबस्थामा बुटवलका साना साना नानी बाबुले सशक्त अभिनय गरेको तीज भिडियो “माया मिसाउने” पनि सार्वजनिक भएको छ ।उज्ज्वल गिरि दान्बिर र आरति रुचालको तीज कोशेलीलाइ स्वाभिमान क्रियाशंले बजारमा ल्याएको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ ।

बुटवलको बागेस्वोरी कलाकेंद्रमा नृत्य सिक्दै आएका कलाकार प्रसिद्धि ढकाल र प्रविन ले यो भिडियोमा आफ्नो अभिनय देखाएर सबैलाई चकित परेका छन ।  उनीहरुको अभिनय र नृत्य हेर्दा जो कसैले पनि नया कलाकार भन्ने ठाउँ देखिदैन । ती साना नानी बाबुहरुलाई मेहनतका साथ् कथामा ढाल्ने काम निर्देशक बिष्णु भट्टराईले गरेका छन ।

दीपक गरौजाको शब्द संगीत रहेको गीत बुटवलको तिनाउ पार्टी प्यालेसमा छायांकन गरिएको थियो । मिनुज राजा मगरले नृत्य निर्देशन गरेका छन भने सगुन शर्माको श्रीन्गार रहेको छ । १४ जना सहयोगी डान्सर पनि सानो उमेरकी रहेका छन , संयोग, अनुस्का, प्रसिद्धि , प्रविन र दानवीर को अभिनय यो भिडियोमा देख्न सकिन्छ ।

भिडियो सार्बजनिक संगै दर्शकले भिडियो अत्यन्तै रुचाए पछि आफुले भबिस्यमा कलाकारिताको क्षेत्रमा केहि गर्ने हिम्मत आएको प्रविन र प्रसिद्धि बताउछन । दानवीर हास्य कलाकार हुन् आफु हास्यकलाकार भएता पनि यो तीजमा आफुले फरक किसिमको तीज गीत बजारमा ल्याएको बताउछन ।


हेरौ  गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend