साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार २४ ।
बिहानै चिटिक्क परेका दिदि बहिनीहरुको लर्को हेर्दा लाग्थ्यो तीज लागेछ । औपचारिक रुपमा तीज आउन झण्डै डेढ महिना बाँकी छ । तर असार तेस्रो साताबाट गुल्मेली दिदिबहिनीहरुलाई तीजले छुन थालेको छ ।
शनिबार सदरमुकाम तम्घासको रेसुंगा बहुमुखि क्याम्पसमा तीज गीतको सुटिङ्ग भइरहेको थियो । त्यसैले पनि बजारमा रंगिएर हिड्ने महिला दिदिबहिनीहरुको भिडभाड नै थियो ।
पछिल्लो समय गुल्मीमा पनि विभिन्न गीत संगितका भिडियो र चलचित्र समेत छायाँकंन भइरहेका छन् । शनिबार सदरमुकाम तम्घासमा मोहन विकको तीजको कोशेली ‘गाजलु’ तथा कृष्ण सौराग र रविना केशीको ‘काँकरी झालैमा’ भन्ने दुई वटा गीत छायाँकंन भएका छन् ।
पसिनाले बगाइदेला गाजलु, पुछ मायाले । जाले रुमाल फुकाएर पुछ मायाले । ठट्याली पाराको यो गीतमा गायक गणेश अधिकारी र तारा थापा मगरले स्वर दिएका छन् । भने शब्द सर्जक मोहन विक र लय गायक अधिकारीको रहेको छ ।
यो भिडियोलाई योग्सना डिजिटल प्रालि काठमाण्डौले बजारमा ल्याउने तयारी गरेको छ । ‘गाजलु’ मा शुमन थापा मगर र अन्जली अधिकारीले अभिनय गरेका छन् । भने स्मृती तिमल्सीना (गुरु आमाले) निर्देशन गरेकी छन् । भिडियोको छायाँकंन सुरेश श्रेष्टले गरिरहेका छन् ।
आफुले पहिलो पटक स्रोता र दर्शकका माझमा तीजको खुराक पस्केकाले माया आउने आशा रहेको सर्जक मोहन विकले बताए । गुल्मेलीहरुको माया पाउनकै लागि आफ्नै जिल्लामा भिडियो छायाँकंन भएको उनले बताए । एक हप्तामा बजारमा ल्याउने तयारीका साथ काम भैरहेको उनले बताए ।
रेसुंगा बहुमुखी क्याम्पसमा शनिबार ‘काँकरी झालैमा’ तीज गीतको पनि छायाँकंन भएको छ । कृष्ण सौराग र रविना केशीले पहिलो तीजको कोशेली बजारमा ल्याउने तयारी गरेका छन् । जुन गीतको भिडियो पनि गुल्मीमा छायाँकंन भएको छ ।
गीतमा गायक गणेश अधिकारी र ज्योती गोर्खालीले स्वर दिएका छन् । भने शब्द सुनिल केशी र थेगो तथा लय सर्जक कृष्ण सौरागकोे रहेको छ । यो भिडियोलाई योग्सना डिजिटल प्रालि काठमाण्डौले बजारमा ल्याउने तयारी गरेको छ ।
‘काँकरी झालैमा’ तीजको भिडियोमा मोडल आषिर प्रताप जंग र अन्जली अधिकारीले अभिनय गरेका छन् । भने स्मृती तिमल्सीना (गुरु आमाले) निर्देशन गरेकी छन् । भिडियोको छायाँकंन सुरेश श्रेष्टले गरिरहेका छन् ।








© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend