logo
  • शनिबार, साउन ३० २०८३

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिता आयोजना हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ असार १५ ।
नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

यहि असार १७ गते शनिबार देखि द ग्रीन क्याफे तिनकुनेमा अडिशन सुरु हुन गइरहेको उक्त सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन ।

सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ ।

उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने आयोजक डेभिल सिंह राजपुतले साझा नेटवर्कलाई जानकारी गराए । इच्छुक प्रतियोगीहरु सम्पर्कको लागि तल को ठेगानामा सम्पर्क गर्न सक्नेछन ।

Contact us for more details or Inbox us.
Phone:- 9844271872 / 9809649541 /9818474241

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend