साझा नेटवर्क
तिलु शर्मा पौडेल, दोहा ।
म्याग्दी जिल्ला भन्ने बित्तिकै धेरैको दिमागमा लाहुरेको जिल्लाको रुपमा अमिट छाप बसेको छ । म्याग्दी लाहुरेको जिल्ला मात्र नभएर सागीतिक उद्गम थलो पनि हो । बिसेष गरि सालैजो,कौडा, ठाडो भाका, ठेली, बसी उठी नाचको उत्पत्ति भएको ठाउको रुपमा पनि प्रख्यात छ । त्यसो त म्याग्दीको पन्चेबाजा लोक सस्कृतिमै प्रख्यात छ ।

आफैमा प्राकृतिक सुन्दर जिल्ला म्याग्दीले नेपालि सांगीतिक फाटमा मात्र नभई बिबिध क्षेत्रमा उच्च किसिमको योगदान दिएको छ । म्याग्दीको परिचय सिमित शब्दमा दिन सकिन्न, अनेकता बोकेको यस जिल्लाको अर्मन गाबिस हिल्बांगमा जन्मिएकी लोक गायीका हुन् निशा केसी । बालापन देखि नै गित गुनगुनाउने गरेकी उनले लामो सांगीतिक यात्रा पार नगरे पनि सोचे भन्दा बढी नै सफलता हात पारेकी छिन ।

२०७० साल देखि आधिकारिक सांगीतिक यात्रा सुरु गरेकी के.सी.ले अहिले सम्ममा १५ ओटा भन्दा बढी एल्बममा स्वर भरिसकेकी छिन । उनका एक दर्जन बढी एल्बम बजारमा आइ सकेका छन । तपाइलाई निशा केसी भनेर चिनाउने गित कुन हो भनी सोधिएको प्रश्नमा, उनि भन्छिन आफनो सिर्जना होस या अरुको आफुले उत्तिकै मेहनत गरिएको हुन्छ तर वास्तवमै भन्नु पर्दा “लोभै लाउदो जिउ” नामक गीतले निशा के.सी. भनेर मलाई स्थापित गराएको हो।
लोभै लाउदो जिउमा उनलाई स्वरमा साथ भने म्याग्दीकै चर्चित लोक गायक धुर्ब जिसीले दिएका थिए । उक्त सफलताबाट हौसिएका केसी र जिसीले सयुक्त रुपमा ‘सहनाई रोलाकी’ भन्ने पन्चे बाजाको एल्बम बजारमा ल्याए, जसको छायांन्कन म्याग्दीको सुन्दर नगरी बेनी बजारमा गरिएको थियो । उक्त गीतले दुवै जनाको सांगीतिक उचाईलाइ निकै माथि पुरायो ।
जन्मथलोबाट सहर झरेकी गायिकाले अहिले सानो तिनो ब्यबसाय संगै आफनो कला यात्रामा पाइला अघि बदाई रहेकी छिन । हालै कतारमा सम्पन्न भएको मोना कतारले आयोजना गरेको ग्रामिण सञ्चार बिकास सहयोगार्थ बिबिध साँस्कृतिक कार्यक्रम २०१६ मा आफनो दमदार प्रस्तुति अन्तर्गत “जे भनेनि सहने बानि पर्या छ” भन्ने गित गाएर वाहि वाहि बटुल्न सफल उक्त गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
बिरु के.सी. प्रस्तुत कर्ता रहेको उक्त गित टि-टाइम म्युजिक मार्फत चर्चीत सर्जक, गायक तथा म्युजिक उत्पादक इन्द्र जि.सी.को लय तथा शब्द र संगीतमा सिर्जित गीत हो जसमा स्वरमा के.सी.लाई इन्द्र जि.सी.ले साथ दिएका छन भने म्याग्दीका चर्चित लोक गाएक धुर्ब जि.सी.ले डेब्यु मोडलिङ गरेका छन ।
उक्त भिडियोलाई चर्चित नृत्य निर्देशक शंकर बि.सी.ले निर्देशन गरेका हुन । यसैगरी भिडियोमा राजेश घिमिरेको छायाँकन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ । ठेट नेपाली शब्द प्रयोग गरिएको उक्त गित माया प्रेम र बिछोडमा आधारित छ । पहिलेका एल्बमले जस्तै यसले पनि सफलता पाउनेमा आफु ढुक्क रहेको र युट्युबमा पनि राम्रो भिजिटर पाइरहेको समेत जानकारी दिइन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend