logo
  • शनिबार, साउन ३० २०८३

मोडल सारिका केसी “लालुमैमा” छमछमी नाचेपछि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल असार १ ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज आउन अझै करिब २ महिना छ । तर नेपाली सांगीतिक बजारमा तीजका गीत रेकर्ड गर्ने र छायांकन गर्ने कार्य तिब्र रुपमा अघि बढिरहेको छ । त्यति मात्रै होइन सामाजिक संजालाहरुमा यो बर्षका तीज गीतहरु धमाधम सार्बजनिक गर्ने कार्य पनि तिब्र रुपमा चलिरहेको छ ।
अन्य चाड पर्बहरुको तुलनामा तीज बिशेष गीतहरु बढी मात्रमा बजारमा आउने गर्छन भने सांगीतिक क्षेत्रमा लाग्ने गायक गायीकाहरुपनि बढी ब्यस्त देखिन्छन । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि स्वाभिमान क्रियशनले आफ्ना धेरै गीतहरु बजारमा ल्याउने भएको छ । यो बर्ष धेरै गायक गायीकाहरुले तीजको पुरानो मौलिक भाकालाई आफ्नो रोजाइमा पारेका छन ।

त्यस्तै स्वाभिमान क्रियाशंले पनि पुरानो भाका ” लालुमै ” बजारमा आजै देखि सार्बजनिक गरेको छ l नवराज घिमिरे , मीरा महोत्रा र सकुन्तला ढकालले संयुक्त रुपमा बजारमा ल्याएको यस बर्षको तीज कोशेलीमा बिधान कार्की र सकुन्तला ढकालकै स्वर रहेको छ भने नवराज घिमिरे, राजु महोत्रा र बिधान कार्कीले शब्द तथा लय संकलन गरेका छन ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा बिष्णु भट्टराईको निर्देशन सम्पादन रहेको छ पछिल्लो समयकी ब्यस्त मोडल सारिका केसीले आफ्नो नृत्य प्रस्तुत गरेको पहिलो तीज भिडियो बताउछिन ।

सारिका केसी र राजु महोत्रको अभिनय रहेको भिडियोमा यम पुनले आफ्नो हास्य व्यंग्य प्रस्तुति दर्शक सामु पस्केकाछन । सगुन शर्माले श्रीन्गार गरेको भिडियोलाई स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।


दर्शकको अत्यधिक रोजाइ र पर्खाइमा रहेको “लालुमै”को पुरा भिडियो भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend