logo
  • शनिबार, साउन ३० २०८३

खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड भदौमा हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, जेठ २५ ।
आगामी भदौ ३ अमेरिकाको कोलोराडोमा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड संसारको नै उत्कृष्ट चलचित्र अवार्ड मध्य एक बनाउने सोचका साथ आफुहरु अगाडी बढेको तथा तयारि गरिरहेको कुरा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको अधक्ष्य नबराज श्रेष्ठले बताएका छन ।
भर्खरै मात्र काठमाडौँमा एक पत्रकार सम्मेलन गरि दोश्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा जानकारी समेत गराइएको थियो ।

नेपाल बाट गरिने सम्पूर्ण तयारि लगभग अन्तिम चरणमा पुर्याई अमेरिका फर्केका ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ तथा संयोजक शैलेश पोखरेलले नेपाल भ्रमण अत्यन्त सफल भएको र ग्लोबल नेपाली फिल्म अवार्डको लागि सम्पूर्ण तयारि युद्द स्तरमा गरिएको र जसले गर्दा नेपाली चलचित्र जगतलाई समग्र बिस्व जगतमानै चिनाउन सहयोग पुग्ने कुरा बताएका छन ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाले आयोजना गर्न लागेको यो फिल्म अवार्डमा २० विधामा कलाकारलाई अवार्ड प्रदान गरिने भएको छ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकामा गत वर्ष देखी आयोजना सुरु गरिएको खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संकरण पनि अमेरिकामा नै हुन गएको र तेस्रो सस्करण भने अस्ट्रेलियामा हुने जानकारी समेत नायक तथा अधक्ष्य श्रेष्ठले गराए ।

नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्ल तथा अवार्ड ब्यबस्थापक अध्यक्ष मदु श्रेष्ठले नेपाल बाट हुने तयारीमा कुनै पनि कमि कमजोरी हुन नदिने र यस पटक हुने अवार्डको दोस्रो संस्करणलाई अझ मर्यादित र प्रभावकारी बनाउने तयारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend