साझा नेटवर्क
काठमाडौं, वैशाख २२।
चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको नयाँ गीत ‘भाग्य’ लाई मगर्स क्रियशन कम्पनिको Music Production Houseले बजारमा ल्याएको छ । गीतकार बाबु खड्काको शब्द रहेको यस गीतमा अर्का चर्चित गायक ऋषि खड्काले लय भर्नुका साथै बिष्णु माझीलाई आफ्नो सुमधुरले साथ् दिएका छन् ।
यस गीतको म्युजिक भिडियो अहिलेका चर्चित निर्देशक कपिल लामाको निर्देशनमा, राजेश घिमिरेको छायांकन र अमर शाक्यको सम्पादनमा तयार पारिएको छ भने यसको पोस्ट प्रोडक्सन ओम शिव फिल्मसले गरेको हो । सो गीतमा अहिलेका चर्चित मोडेल बिमल अधिकारी र अन्जली अधिकारीको राम्रो अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend