logo
  • शनिबार, साउन ३० २०८३

गायक पंगेनीको “मायाले मन बराल्छ” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल, कतार ।
उसो त स्याङ्जा जिल्ला कलाकार उत्पादक थलो हो भन्दा फरक नपर्ला । नेपालि सांगीतिक आकासमा सबै विधाका कलाकार सहित बिबिध क्षेत्रमा विशिष्ट योगदान दिएको छ स्याङ्जाले । यहि सांगीतिक उद्गम थलो अन्तर्गत स्वारेक गा.बि.स.वडा नम्बर १ मा जन्मिएका पौरखी पुत्र हुन गोपी कृष्ण पंगेनी ।

13401419_10154253700188599_712457594_n

आफुले स्वर पुराउन सक्ने भएदेखि गित गुनगुनाउ सुरु गरेको स्मरण गर्दै गाउ घरमा हुने नारायण पुजा, रत्यौली, रोधी लगायत बिभिन्न चाडपर्ब देखि स्कुले जीवनका हरेक मोडमा उपयुक्त समय पाउदा आफनो कला देखाउन पछी नपर्ने पंगेनी एक ब्यबसायी घरानका पनि हुन । गायक पंगेनीका पुर्खौली पेशा व्यवसाय नै हो ।

उनि आफ्नो बाबुको होटल व्यवसाय संगै हुर्किएका हुन । उनमा व्यवसाय र सागीतिक नशा बराबर छ भन्दा अतियुक्ति नहोला । गाउ घरतिर लाहुर (अरब) जाने प्रचलन बढे संगै विदेश हानिएका पंगेनी अहिले सयुक्त अरब ईमिरेट्स (U.A.E.) मा कार्यरत छन ।

“व्यवसायिक तथा सांगीतिक क्षेत्रमा सफलता मिलि रहेका बेला रेगिस्तानमा हुनुहुन्छ, कस्तो छ त तपाइको आर्थिक पाटो” भन्ने हाम्रो प्रश्नमा उनि भन्छन – वैदेशीक रोजगारी कहिले रहर कहिले बाध्यता र कहिले जिबन रहेछ त्यसैले म अहिले यहा छु । यहाको कमाइ र बसाइले पनि अपेक्षीत सफलता दिएकोले प्रवासी जिवन प्रति पनि कुनै गुनासो नरहेको बताए ।

जिबनलाई जसले जे भोग्यो उस्को लागि त्यही हो जीन्दगी, “जीवन जन्म हुदा स्वास हुन्छ नाम हुन्न मृत्यु हुदा नाम हुन्छ स्वास हुन्न” त्यही बिचको संघर्ष हो जीवन भन्ने उनको जवाफ थियो।

उनले बाकि समय नेपालमै व्यवसाय र गित सङ्गीतमै बिताउने बताएका छन । नेपाली सांगीतिक आकासमा आज भन्दा करिब ३ वर्ष अघि पहिलो एल्बम “म त परदेशी निकालेका पंगेनीले गत वर्ष “परदेशीको सम्झना” सालैजो नामक एल्बम बजारमा ल्याएर चर्चा कमाएका थिए । पंगेनीले भर्खरै मात्र चर्चित सर्जक एकनारायण भण्डारीको लय तथा शब्द संयोजनमा “मायाले मन बराल्छ” नामक रोइला गीति संग्रह बजारमा ल्याएका छन ।

उक्त गीतमा देबी घर्ती र स्वयम पंगेनीको स्वर रहेको छ । बिगतका एल्बमले जस्तै यसले पनि सफलता पाउनेमा आफु बिस्वस्त रहेको गायक बताउछन । निकै नै मेहनतका साथ् तयार गरिएको उक्त रोइला गित एकपटकमै जन जिब्रोमा झुन्डिन सफल हुने र आफुले बिसेष मेहनत गरेको बताउछन सर्जक एक नारायण भण्डारी ।

गायक पंगेनीलाई साझा नेटवर्क परिवारको तर्फबाट सफलताको हार्दिक शुभकामना ।

हेर्नुहोस गीतको भिडियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend