साझा नेटवर्क
काठमाडौँ, वैशाख १८ ।
ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो सस्करण अगष्टमा हुने भएको छ ।नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड द्वारासम्मान गर्दै आएको छ । यहि आउदो अगष्टमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ ।
२०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन । चाडैनै ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ दोस्रो सस्करणको बारेमा नेपालमा एक पत्रकार सम्मेलन गरि सम्पूर्ण बिस्तृत जानकारी गराउने कुरा ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताउनु भयो ।
नेपाली चलचित्र गाउं देखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि नायक नबराज श्रेष्ठले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend