logo
  • शनिबार, साउन ३० २०८३

सामुदायिक रेडियो विहानीद्वारा आयोजित ५ दिने आधारभुत प्रत्रकारीता तथा रेडियो उद्घोषण तालीम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

शेखर थापा बागलुङ,चैत्र २७ ।
विहानी बहुउदेश्यीय सहकारी संस्थाद्धारा संचालीत सामुदायिक रेडियो विहानीको आयोजनामा बरेङ बजारमा ५ दिने आधारभुत पत्रकारीता तथा रेडियो उद्घोषण तालीम आईतबार सम्पन्न भएको छ।समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रन बहादुर रिजालले तालिमबाट सिकेका सिपलाई व्याह्भारिक रुपमा उतारेर जिबन उपयोगि बनाउनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बिहानी बहुद्धेश्यीय सहकारी संस्थाका सचिब कृष्ण प्रसाद शर्मा,रेडियो बिहानीका स्टेशन को– अर्डिनेटर प्रकाश छन्त्याल, लेखा तथा बिज्ञापन प्रमुख हिरा पुन र सहभागिहरुको तर्फबाट मिना छन्त्याल र सूर्य बहादुर थापाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
बुधबार उद्घाटन भएको तालिममा अधारभुत पत्रकारिता,उद्घोषण कला, समाचार संकलन, लेखन तथा बाचन,कार्यक्रम उत्पादन तथा प्रस्तुतिकरण, बिज्ञापन तथा रेडियो व्यवस्थापन लगायतको बिषयमा तालिम दिइएको थियो भने तालिम अबधिभर प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं धवलागिरी एफ एमका सहसम्पादक तारा प्रसाद शर्मा, नेपाल पत्रकार महासङघ बागलुङ शाखाका सदस्य द्वय प्रकाश छन्त्याल र शेखर थापा, रेडियो बिहानीका कार्यक्रम संयोजक पदम बहादुर पुन, पत्रकार फुलकुमारि शर्मा, रेडियो बिहानीका बिज्ञापन प्रमुख हिरा पुन, रेडियो बिहानीका संयोजक लेखान्त पुन, प्रगतिशिल पत्रकार संघ बरेङ उपशाखाका अध्यक्ष जिबन पौडेलले सहजिकरण गर्नुभएको थियो ।तालीममा बागलुङका विभिन्न साविकका धुल्लुबास्कोट हुग्दिशिर,राङखानी,छिस्ती गाविसका पशिक्षार्थीको सहभागिता रहेको छ। त्यस्तै छिमेकी जिल्ला गुल्मीको भुर्तुङ, खड्गकोट लगाएतका क्षेत्रबाट गरी ३० जना प्रशिक्षर्थिको सहभागिता रहेको थियो ।

व्यक्तीको व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालीमा उत्कृष्ट प्रशिक्षार्थीको रुपमा प्रशिक्षार्थी नाम बहादुर थापा, मिना छन्त्याल र बिरेन्द्र श्रेष्ठलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रम रेडियो बिहानीका संयोजक लेखान्त पुनको अध्यक्षता र रेडियो बिहानीका समाचार प्रमुख शेखर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend