logo
  • शनिबार, साउन ३० २०८३

NRNA कतारद्धारा पिडितलार्ई खाद्यान्न सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रवि रोषी, दोहा जेष्ठ २४।
गैर आवासीय नेपाली संघ कतारद्धारा पिडितलाई खाद्यान्न सहयोग गरेको छ । लामो समय देखि तलब नपाएर घर फिर्तिको लागि बसेका नेपाली दाजुभाईलाई राहत सामाग्री सहयोग गरेको हो ।

यस अघि पनि एन आर एन ए कतार लेवर वेलफेयर डिभिजनका प्रेम रसाईलीले हरियो साग सब्जी लगायत विभिन्न सामाग्री प्रदान गरी सकेका थिए । हाललाई केहि दिनको लागि चामलको आवश्यकता नपर्ने र तरकारी, मसला, तेल तथा अन्य सामाग्रीको जरुरत पर्ने बारेमा पिडितले माग गरेपछि विभिन्न सामाग्री प्रदान गरिएको हो ।

जसमा चना ४ बोरा, दाल ४ बोरा, मसला १५ केजी, तेल ३६ लिटर लगायतका सामाग्री प्रदान गरेको हो । लेवर बेलफेयर डिभिजनका प्रेम रसाईलीले पिडितहरुलाई भोलिका दिनमा पनि खाद्यान्न अभाव भएको जानकारी गराएमा एन आर एन ए सहयोग गर्न सदैव तत्पर रहेको छ भनी उनले बताए ।

यसका साथै पिडितलाई नेपाल फिर्ती पठाउनको लागि दूतावाससंग पहल गरिरहेको बारेमा पनि अध्यक्ष विनेश तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend