logo
  • शनिबार, साउन ३० २०८३

WhatsApp अब सधैको लागि ‘फ्रि’ हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

च्याट तथा मेसेजिङ एप् ह्वाट्सयाप (ह्वाट्स अप) अब सधैको लागि ‘फ्रि’ हुने भएको छ । विज्ञापन नदेखाउने उल्टो  ह्वाट्सयाप चलाएको दोस्रो वर्ष देखि प्रयोगकर्तासँग वार्षिक ९९ सेन्ट (करिब १०० रुपैयाँ) लिने ह्वाट्सयपको बिजनेस मोडल थियो ।

whats app

केही वर्षअघि फेसबुकले ह्वाट्सयापलाई १९ अरब डलरमा खरिद गर्दा, यसको बिजनेस मोडलको खुबै चर्चा भएको थियो । फेसबुकले यति महंगो मुल्य हालेर, ह्वाट्सएपलाई नभइ आफ्नो प्रतिद्वन्दीलाई खरिद गरेको थियो भन्ने कुरा पनि चर्चाको विषय भएको थियो, किनकी प्रयोगकर्ताहरु फेसबुक भन्दा धेरै ह्वाटस्एप चलाउँथे ।

करिब १ अरब प्रयोगकर्ता रहेको दाबी गरिएको ह्वाट्सयाप निकै रुचाइएको च्याटिङ एपहरु मध्यमा पर्छ। ह्वाट्सयापले हिजो ब्लग मार्फत ह्वाटस्एपको बिजेनस मोडलले सोचे जस्तो काम नगरेको सार्वजनिक गर्दै, ह्वाट्सयाप अब सँधैको लागि फ्रि हुने घोषणा गरेको हो । सबै प्रयोगकर्तासँग डेबिट/क्रेडिट कार्ड नभएको तर दोस्रो वर्ष देखि पैसा तिर्नुपर्ने हुँदा, आफन्तजनसँग ह्वाट्सयाप मार्फत नजिक हुन नपाएको कुरा ब्लगमा उल्लेख गरिएकोछ ।

यसको अर्थ, प्रयोगकर्ताहरु पैसा तिर्नु नपर्ने अन्य च्याटिङ एप्समा गइरहेकाछन् भन्ने पनि बुझिन्छ । त्यसो त पैसा तिर्नुपर्ने सोसल नेटवर्किङ साइट, एप-नेट पनि फ्रि मोडलमा गइसकेको छ । यसबाट प्रस्ट छ, पैसा तिरेर यसकिसिमको सेवा लिन्छु भन्ने प्रयोगकर्ताहरु थोरै छन्, अनि पैसा तिर्नु नपर्ने यस्तै किसिमका एपहरु पनि दर्जनौँको संख्यामा छन्।

मलाई लाग्छ, ह्वाट्सएपले विकासोन्मुख देशहरुमा आफ्नो प्रयोगकर्ता बढाउन पनि यस किसिमको निर्णय गर्नु परेको हो । दोस्रो वर्षदेखि पैसा तिर्नुपर्ने हुँदा, डेबिट/क्रेडिट कार्डको सुविधा नहुने हुँदा, नेपाल जस्तो अधिकांश देशका प्रयोगकर्ताहरु भाइबर, मेजेन्सर लगायतका अन्य च्याटिङ एप्सहरु चलाउँछन् । नेपालमै पनि फेसबुकको मेसेन्जर र भाइबर सबै भन्दा धेरै रुचाइएका च्याटिङ एप्सहरु हुन् ।

आजसम्म भाइबर गरिदेउ भन्ने साथीहरुले, भोलिबाट ह्वाट्सयाप गरिदेउ भन्दा अचम्म नमाने हुन्छ । ह्वाट्सयाप फ्रि भएसँगै अन्य च्याटिङ एप्सहरुलाई, प्रयोगकर्ताहरु आफूतर्फ तान्न अलि धेरै कसरत गर्नुपर्ने देखिन्छ । ह्वाट्सएप, आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरी, विन्डोज लगायतका फोनहरुका लागि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend