logo
  • शनिबार, साउन ३० २०८३

पाल्पाको चापपानीमा लोक साँस्कृतिक महोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुवास वि.सी, पाल्पा जेष्ठ २३।
चापपानी युवा सञ्जालको आयोजनामा १ दिने चापपानी लोकसाँस्कृतिक कृषि तथा कृषक सम्मान महोत्सव चापपानीमा शनिवार सम्पन्न भएको छ ।
received_905455966267125
महोत्सवको उद्घाटन गर्दै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुवरले यस प्रकारको महोत्सव आयोजना हुने निकै सराहनीय पक्ष भएको बताए । “स्थानीय कला संस्कृतिले पनि ठाउँ पाएको छ, स्थानीय किसानहरु सम्मानित हुनुभएको छ ।” यो निकै राम्रो काम हो ।
received_905455949600460
सहायक प्रजिअ कुँवरले भने । कतिपय युवाहरु अहिले बिदेश जाने र पैसा कमाउनेतर्फ लागिरहेका बेला चापपानीका युवाले यस्तो कार्यक्रम गर्नु निकै राम्रो पक्ष हो – उनले भने । सो अवसरमा चापपानी गाविसमा रहेर उद्यमशीलता प्रवर्धनमा लागि परेको र आफू पनि सफल उद्यमी भएको भन्दै ओम बहादुर सारु, कोषल गाहा र गनपति बस्याललाई उत्कृष्ठ किसानको रुपमा सम्मान गरिएको थियो ।
received_905455956267126
महोत्सव स्थलमा सम्मानित किसानले बंगुर, खशी र कृषि उपज प्रदर्शनीका लागि ल्याएका थिए । त्यस्तै जिल्ला कृषि बिकास कार्यालय, पशु सेवा कार्यालय र सुन्तलाजान फलफुल बिकास केन्द्रबाट प्राप्त पोष्टर पम्पलेट, घासका बिउहरु, बिरुवाहरु प्रर्दशनीका लागि राखिएका थियो ।

कार्यालयमा चापपानी गाविसका सचिव तिलक बहादुर बुचा, नेपाली कांग्रेस महासमिति सदस्य यमलाल तिमिल्सिना, नेकपा एमाले जिल्ला सदस्य भेषराज तिमिल्सिना, माओवादी केन्द्रका जिल्ला सदस्य कृष्ण भुसाल, कृषि सेवा केन्द्र चापपानीकी प्रमुख टिका अर्याल नेपाली कांग्रेस चापपानीका सभापति चिन्तामणी बस्याल, नेकपा एमाले चापपानीका अध्यक्ष मुक्तिराम तिमिल्सिना, माओवादी केन्द्र चापपानीका अध्यक्ष नरबहादुर राना लगायतले महोत्सवको सफलताको लागि शुभकामना दिएका थिए ।

महोत्सवमा कलाकारहरु लोक दुनियाको साथी प्रेम लामिछाने मगर, कमला पोखरेल, बिष्णु पाण्डे (कोशिश) दिपेश परियार, राजकोटीमगर, हास्यकलाकार नारायण बस्याल, सुवास वि.सीे र शंकर घिमिरे लगायतले स्थानीयलाई भरपुर मनोरञ्जन दिएका थिए ।

चापपानी युवा सञ्जालका अध्यक्ष डोलराज अर्यालको अध्यक्षता, कोषाध्यक्ष छविलाल बस्यालको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend