logo
  • शनिबार, साउन ३० २०८३

सांगीतिक क्षेत्रमा जम्दै सृजक दिपक थापा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टिचन यात्री मगर, काठमाडौ चैत्र १०।
बाग्मती अञ्चल काठमाडौ राजधानीमा जन्मेका सृजक दिपक थापा यतिबेला रोजगारिको सिलसिलामा प्रवासमा रहेका छन् । प्रवासमा रहेर पनि नेपाली गित संगीतलाई थापाले निरन्तरता दिएका छन् भने सांगीतिक क्षेत्रमा लोक प्रिय बन्दै गएका छन् ।

थापाको शब्द तथा लयका साथै प्रस्तुतिमा रहेका दर्जनौ गित बजारमा छन् । सांगीतिक क्षेत्रमा आफनो छुट्टै परिचान बनाउन सफल सृजक दिपक थापाका लोक तथा दोहोरी बिधा सँगै अन्ने बिधाका गितहरू बजारमा आएका छन् । दोलखा बजार महादेव, दोहोरी साझा जस्ता लोक प्रिय चर्चित गितहरू सँगै दर्जनौ गितबाट सृजक थापा परिचित छन् । गित संगीतमा माैलिक्ता हराउदै जादा सृजक दिपक थापाले भने माैलिक्ता बचाउने खालको गित बनाउने गरेका छन् ।

त्यस्तै यतिबेला भने सृजक दिपक थापाको प्रस्तुतिमा रहेको लोक पोप गित सार्वजनिक भएको छ । सधै भेट हुन्थ्यो सानू हाम्रो ईन्टरनेटमा बोलको गित सार्वजनिक हुना साथ लोक प्रिय बन्दै गएको छ भने उक्त गितले सृजक दिपक थापालाई अझै परिचित बनाउन सफल भएको छ ।

नेपालकै चर्चित गायक रामचन्द्र काफ्ले र मन कुमारी सुनारको समुधुर स्वरले सजिएको छ भने शब्द सृजना दिपक थापा ले गरेका छन् । मन कुमारी सुनारको लय रहेको गितमा सुगम थापा र रिच्चा थापाको अभिनयमा दिलिप अोखेदा र गायत्री थापाले निर्देशन गरेका छन भने राउल राईले छायांकन गरेको उक्त म्युजिक भिडीयोलाई प्रविन रेशमी मगरले सम्पादक गरेका छन् ।

भिडीयो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend