साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ फागुन २९।
देखन चम्पा सुनन चम्पा, तिम्रो पिक्चर हिट, हे बरै लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत हलहलेको साग हो सार्वजनिक गरिएको छ ।
गायिका देवी घर्तीले शर्मालाई स्वरमा साथ दिएको गीतले किशोरावस्थामा माया प्रेममा परेका जोडीलाई परिवारले असहयोग गर्दाका विभिन्न अवस्थालाई जस्ताको त्यस्तै गीतमा उतारेका छन् गीतकार राजेन्द्र भण्डारीले ।
दिपक सिंहले निर्देशन गरेको भिडियोमा मोडल ममताले उत्कृष्ट अभिनय गरेकी छिन् । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन् । भिडियोलाई कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend