साझा नेटवर्क
काठमाडौँ, फागुन २८।
करिब २ दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशिल नायक बिनोद श्रेष्ठले नेपाल उत्तम मुभिज नामक कम्पनी दर्ता गरेका छन् । नायक श्रेष्ठकी स्वर्गीय आमा उत्तमदेवी श्रेष्ठको स्मृतिमा खोलीएको कम्पनी मार्फत उनले केही नयाँ शैलीमा चलचित्रका काम गर्न खाजेका छन् ।
जन्मभूमी, बेरोजगार, तहल्का डटकम लगायतका दर्जन बढी चलचित्रमा अभिनय गरेका नायक श्रेष्ठले अहिलेसम्म काम गरेका चलचित्रमा निर्माता निर्देशकको सोचमा आफ्नो चरित्र निर्वाह गर्दै आए पनि आफ्नो कम्पनि मार्फत नयाँ सोच, नयाँपन सहित जोस र जागरका साथ काम गर्ने तयारी गरेका छन् ।
थोरै भए पुगीसरी, जीवनचक्र, तितो सत्य, लगायतका दर्जनौँ टेलिशृखलामा अभिनय गरिसकेका श्रेष्ठले हाल आफ्नो कम्पनी मार्फत निर्माण गर्न लागेको नयाँ फिल्मको स्क्रिप्टको काम भइरहेको र छिट्टै नै यसबारेमा पत्रकार सम्मेलन गरेर सम्पुर्ण जानकारी दिने तयारी गरेका छन् ।
करिब १ हजार भन्दा बढी म्यूजिक भिडियोमा मोडलीगं गरिसकेका उनले परिवर्तन नेपालमा अभिनय प्रशिक्षकका रुपमा कार्यरत छन् । आँफुले निर्माण गर्न लागेको फिल्ममा नयाँ अनुहारलाई प्रोत्साहन दिने उनको तयारी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend