साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली ।
त्यसो त कराड्गतुड्गका युवाहरुको भलिबल खेल्ने पुरानो शौख हो । भलिबलका पुराना शौखिन कराड·तुड· बासीहरु बिभिन्न प्रतिस्पर्धामा भाग लिन बाग्लुड· र पर्बत सम्म पुगेपनि कप जितेर ल्याउने बातावरण नहुँदा मेडलको खडेरी परेको थियो । १०० बर्षे भलिबलको ईतिहासमा थुप्रै मोजाहरुमा कपडा कोचिए र कपडा डल्लो पारेर बनाईएका मोजाका बलहरु फाटे ।
गाँउमा तत्कालीन २०५४ ताका खुलेको लाली गुराँस युवा कल्बले भलिबलको बिकासका लागि समय, रकम र श्रोतसाधन जुटाएपनि रहरको लागिू मात्र भलिबल सिमित भयो । ईतिहासका बिभिन्न कारखण्डहरुमा दुर्गतिको शिकार बनेको कराड्गतुड्ग को भलिबल भने अहिले चर्चाको बिषय बनेको छ। अहिले का युबाहरु बिकास केसी, शंकर कार्की,शंकर केसी,बिसन कार्की, प्रदिप के सी,सुरेन्द्र केसी,अनिल कार्की र बिमल कार्कीको टिमले गत फाल्गुन १२ गते झिर्बासमा श्री हिमालय निम्न माध्यमिक विद्यालयको बार्षिक समाहरोहमा दोस्रो स्थान हासिल गर्यो ।
के वाई सी युबा कल्ब यानी कराड्गतुड्ग युवा कल्बको अफिसियल टिम मा गएका तिनै युवाहरुले यहि फाल्गुन,१७ गते मुनाल युवा कल्बको बार्षिकोत्सब समाहरोहमा सान्तवना स्थान हासिल गर्दै ह्याट्रिक गर्ने दिशामा पुगेका छन ।गत फाल्गुन,०८ गते पैयुपाटा युबा कल्बको बार्षिकोत्सब मा भएको सदभावना खेलमा पनि के वाई सी क्लब बिजयी भएको थियो । गाबिस मै भलिबल क्षेत्रमा दुर्त बिकास गर्ने श्रीजना युवा कल्ब धुँवाखोला र सहावहार युबा कल्ब छापचौर कै गतिमा कराड्गतुड्ग को भलिबल क्षेत्र ले प्रगति गर्न नसकेपनि पछिल्लो सुरुवात लाई गाँउले पनि सकरात्मक तथा उत्साहजनक प्रगतिको रुपमा लिएको छ ।
अधिकांश समय बिदेसी भुमीमा बिताउने युबाहरुले गाँउ बसाईकै बेलामा गरेको प्रगति उत्साहजनक छ । भलिबल टिमकै हिस्सा बनेर नयाँ दिल्ली फर्किएका प्रकाश केसी भन्छन । साथी हरुको प्रगति लाई दिल्ली बाटै चिच्चयाएर भएपनि सपोर्ट गर्दैछौ हामी कराड्गतुड्गका खेलाडी रहिसकेका दिलिप कार्की र बिसाल सुबेदी भन्छन । प्रगति एकै पटकमा ठुलो मिल्ने हैन सुरुवात राम्रो छ । कराड्गतुड्गको भलिबल लाई नयाँ उचाई प्रदान गर्नुहोला हाम्रो पनि शुभकामना।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend