logo
  • शनिबार, साउन ३० २०८३

अदभुत शक्ति भएको अर्घा भगवती देवि मन्दिरको चिनारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, अर्घाखाँची फागुन ९ ।
अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/दुर्वाशेश्वर् गुफा, मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर (मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर, ऐतिहासिक पाैवा(बल्काेट) अर्घाकोट(अर्घा) पाली पन्थीटोलको लाकुरीरूखमा अवस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकिय स्थलहरू हुन।
अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ । अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ । अर्घाखाचीमा भएका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु मध्य श्री अर्घा भगवती देवीको मन्दिर पनि एक हो । बाइसे चौबिसे राज्यहरुको पालामा अर्घाका राजाले राज्य गर्ने दरबार अहिले अर्घा दरवारको नामले परिचित छ ।

सन्धिखर्क सदरमुकाम देखि उत्तर उच्चो स्थानमा रहेको यो स्थानको आफ्नै महत्व रहेको छ तर स्थानीय बासिन्दा र सरोकारवालाले बेवास्था गरेकै कारण ओझेलमा परेको युवाहरु बताउछन । सन्धिखर्क नगरपालिका बेल्टारी घर भै हाल इजरायलमा बस्दै आउने थापा युवराज कुनै बेला मन्त्रि टोपबहादुर रायमाझीको निकटको व्यक्ति थिए तर चुनाब जितेर गैसकेपछि आफ्नो गाउ ठाउमा भएका महत्व पूर्ण स्थानलाई प्रबर्धन गर्न र अगाडी बढाउन त्यस क्षेत्रका राजनीतिक रोहबरका व्यक्ति हरुले चासो नदेखाउद युवराज थापा आक्रोस ब्यक्त गर्छन ।

हाल इजरायल देखि जन्म ठाउमा आएको बेला आफ्नै व्यक्तिगत खर्च बाट अर्घा भगवती देवी मन्दिरको चिनारी अविरल फिल्म्सको पहलमा तयार परेका छन् , बिष्णु भट्टराईको निर्देशन तथा छायांकन रहेको भिडियो युटुबमा सार्बजनिक भएको छ ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend