logo
  • शनिबार, साउन ३० २०८३

गायक नेत्र भण्डारीको “काली मनपरी” विमोचन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल सरगम, काठमाण्डौ ।
राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा चर्चित गायक नेत्र भण्डारीको लोकदोहोरी गीत “काली मनपरी”को बिमोचन सम्पन्न भएको छ । काठमाण्डौको अनामनगर स्थित राष्ट्रिय लोक संचारकर्मी नेपालको केन्द्रीय कार्यलयमा सम्पन्न गीतको बिमोचन समारोहका सभापतित्व सस्थाका अध्यक्ष हरिबल्लभ नेपालले गर्नु भएको थियो ।

कार्यक्रममा अथितिहरु चर्चित गायिका पूर्णकला बिसी,चर्चित संगीतकार राजकुमार बगर ,राष्ट्रिय लोक संचारकर्मी नेपालका पुर्व अध्यक्ष गोबिन्द गिरी ,राष्ट्रिय लोक संचारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणी गौतम ,व्यस्त एरेन्जर रमेश सेन्चुरी लगाएतको उपस्थितिमा गीतको बिमोचन सम्पन्न भएको थियो ।

गीतमा सन्ध्या केसीको शब्द र नेत्र भण्डारीको लय छ भने स्वर नेत्र भण्डारी र पूर्णकला बिसी को रहेको छ ।गीतको म्यूजिक भिडियो समेत सोहि कार्यक्रममा सावर्जनिक गरिएको थियो ।म्यूजिक भिडियोमा अभिनय बब्बु थापा र सन्जना रानाको रहेको छ ।बब्बु थापाको निर्देशनमा तयार गीतमा छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।प्रविन भट्टको सम्पादनमा तयार गीतको म्यूजिक भिडियोलाई एकता फ्लिम्सले तयार पारेको छ ।

सन्जना म्यूजिक प्राली मार्फत पहिलो गीतको रुपमा बजारमा आएको छ ।गीतको म्यूजिक भिडियो हेर्दै सहभागी अतिथिहरुले प्रशंसा समेत गरे ।कार्यक्रममा आफ्नो गीतको जानकारी दिदै गायक तथा सर्जक नेत्र भण्डारीले भन्नु भयो “पहिले पनि गीत बजारमा आएको हो गीतले राम्रो बजार पायो ।यो गीतले पनि सोचे जस्तै बजार पाउने छ भन्ने आसा गरेको छु”।

संगै गायिका पूर्णकला बिसीले भनिन ” म प्राय स्लो गीत गाउने गायिका अहिले बिल्कुलै फरक गीत त्यो पनि स्टेज तताउन सहयोग गर्ने गीत हो ।म सधै स्टेजमा अहिले यही ट्रयाक बजाएर गीत गाउन थालेको छु सच्चाई यो गीत निकै फरक बनेको छ”। कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष गोबिन्द गीरीले आफ्नो मन्तब्य तथा शुभकामना व्यक्त गर्दै “सस्थाले पहिले पनि बिशेष दिनलाई मध्यनजर गर्दै बिभिन्न गीतहरु बिमोचन गरेको हो ।अहिले पनि रेडियो दिबसको अवसरमा आज पनि धेरै राम्रो गीतको बिमोचन भयो ।

आसा छ यो गीतले लाखौ दर्शकको मन जित्ने छ” । कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष हरि बल्लभ नेपालले भन्नु भयो “अब चाडैनै राष्ट्रिय लोक संचारकर्मी नेपालले चौथो अधिबेसन गर्ने तयारीमा रहेको हुदा मौलिक सृजनाको जगेर्नको लागि निरन्तर लागिपरिरहने प्रण गर्दछौ।”नेत्रको हालसम्म दर्जनौ गीतहरु बजारमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend